एनआरएनकाे केन्द्रीय सदस्यमा कृष्ण बहादुर पाण्डेकाे उमेदवारी
एनआरएनकाे केन्द्रीय सदस्यमा कृष्ण बहादुर पाण्डेकाे उमेदवारी
रेशम जंग खत्रि
२०८० साउन १०,काठमाडौ
“संस्थागत विकास:सामाजिक एकता,युवा समावेशीकरण, सबैको( NRNA)हाम्राे प्रतिबद्धता ” भन्ने मूल नाराका साथ गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय समिति जापानको एघारौं राष्ट्रिय महाधिवेशनमा रुपन्देही को बुटवल घर भई हाल जापान गुनमाकेन् को ओइजुमी मा बस्दै आइरहेका युवा व्यवसायी कृष्ण बहादुर पाण्डेले केन्द्रिय सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएकाे बताए । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय पाण्डे गैर-आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापानको पूर्व क्षेत्रीय उपाध्यक्षमा थिए । जापानमा रहेका सम्पूर्ण नेपालीको सुख दुःखमा साथ दिदै आइरहेका पाण्डेलाई जापानमा रहेका नेपाली हरूले संघको सदस्य पदमा उमेदवारी दिन उत्साह दिएकाेले आफ्नो उम्मेद्वारी दिएकाे बताए । कृष्ण बहादुर पाण्डे भन्छन “यदि म चुनावमा विजय भए भने जापानमा रहेका नेपालीले भोग्नु परेका विविध समस्याको समाधान गर्नेछु र हरेक नेपालीको दुःखको मलम बनेर सधैं यहाँ रहेका नेपालीको साथमा रहने छु ।”
जापानमा रहेका दाजुभाइ दिदीबहिनीको समर्थन आफूलाई रहेकोले निर्बाचनमा हाेमिएकाे र चुनाव सजिलै जित्न सक्ने पाण्डेले दाबी गरेका छन।