झिमरुकमा घरमै पुगेर अपांङ्ग परिचयपत्र बितरण

बिमल प्रसाद पोख्रेल प्युठान, जिल्लाको झिमरुक गाउपालिकाले अपाङ्ग भएका नागरिकहरुलाई पहिचान गर्दै घरमै पुगेर अपांगता परिचय पत्र बितरण कार्यलाई निरन्तरता दिएको छ।

सोमबार झिमरुक गाउपालिका उपाध्यक्ष प्रमोद पोख्रेल,प्रमुख प्रशासकीय अधिकृत हरी पोख्रेल, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख यामलाल पोख्रेल सहितको टोलि अपाङ्गता परिचयपत्र बितरणको लागि झिमरुक गाउपालिका तीन ढाकेडी निबासी ५९ बर्षिय लक्ष्मी महतरालाइ घरमै पुगेर ‘क’ बर्गको रातो परिचय पत्र दिएको छ। लक्ष्मी बिगत दुइ बर्ष देखि प्यारालाइसिस भएर लाखौ रुपैया खर्च गर्दा समेत निको नभएर बिस्तारामा थला पर्नु भएको छ । कान्छी बुहारी दबन्ता महतराले बताउनु भयो।

घरमै पुगेर परिचय पत्र दिदा लक्ष्मीका आखाँबाट आसु झार्दै खुसी हुनुभएको छ । लक्ष्मीकी बुहारी दबन्ता महतराले गरिब दुखिका घरमा गएर यसरि जनतालाइ सेवा दिदा जनता खुसी हुने गोरखा पत्रलाइ बताउनु भयो।

लक्ष्मिको उपचारका लागि घरपरिवारले काठमाडौं ,बुटवलका अस्पताहरुमा पटकपटक पुराउदा झन्डै पाच लाख खर्च भएको बुहारी दोवन्ता महतरा बताउछिन । उपचारमा धेरै खर्च भयो, उनले भनिन् “उपचारमा खर्छ जोहो गर्न गार्हो छ ।“ पटकपटक बुटवल बिजुवार लग्यौ निको भएन उनले बताइन् । हातखुट्टा नचल्ने भएपछि उहाँको सुसारमा एकजना चोबिसै घण्टा खट्नुपर्ने उहाले बताउनु भयो ।

सोहि वडाको दारिमचौर निबासि ५ बर्षिय रियन के शि को घरमा पुगि रातो कार्ड ‘क’ बर्गको अपङ्गता परिचयपत्र बितरण गरेको छ। जन्मेदेखि ओछ्यानमै थला परेका झिमरुक गाउपालिका ३ दारिमचौरका ५ बर्षिय रियन के सि बोल्न नसक्ने,आँखा नदेख्ने हातखुट्टा चलाउन नसक्ने छन । रियनलाई हेरचाह गर्न दैनिक एक जना अनिवार्य खटिनुपर्ने बाध्यता छ एक्लै छोडेर हिड्न मिल्दैन उपचार गराउदा तिन लाख सकियो निको भएन आमा करिस्मा के शि बताउछिन । निम्न बर्गिय परिवारमा जन्म लिएकोले भनेजस्तो अस्पतालमा पुराउन सकिएन पुर्ण रुपमा सुस्त मनिस्थिति भएकाले उपचार गर्न पनि मुस्किल भएको करिस्माले बताउनु हुन्छ । रियानले आमाको दूध समेत चुस्न नसकेको अहिले ल्याक्टोजिन ,भैसिको दुध र बिस्कुट मात्रै खान्छन उनलाई खुवाउन पनि समय लाग्छ राम्रोसँग निल्न पनि सक्दैनन् करिस्मा बताउछिन।

पालिका भित्रका ‘क’ बर्गका महिला २६ जना पुरुष ४० जना गरि ६६ जना ‘ख’ बर्गका महिला ७१ जना पुरुष १०७ जना गरि १७८ जना ‘ग’ बर्गका महिला ४१ पुरुष ४९ जना गरि ९० जना र ‘घ’ बर्गका महिला २४ जना पुरुष ३४ जना गरि ५८ जना गरी झिमरुक गाउपालिकाबाट हालसम्म ३९२ जनाले अपांगता परिचयपत्र पाएका छन ।

यस अघि झिमरुक गाउपालिकाले अन्य वडाहरुमा घरघरमै पुगेर अपाङ्गता परिचयपत्र बितरण गरिएको हो । गाउपालीका उपाध्यक्ष प्रमोद पोख्रेलले भन्नुभयो “हामि अशक्त, अपांग भएका ब्याक्तीलाइ घरमै पुगेर परिचय पत्र जारी गर्ने गरेका छौ । यो काम निरन्तर चलिरहन्छ गाउपालीकामा निबेदन दिएपछी गाउँपालीकाको टोलि घरमै आउछ ।”

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।