दुर्घटनामा घाईते भएका महेन्द्र खत्री लाई प्युठान सेवा समाज कतार द्वारा आर्थिक  सहयोग।

दुर्घटनामा घाईते भएका महेन्द्र खत्री लाई प्युठान सेवा समाज कतार द्वारा आर्थिक  सहयोग।

बिमल प्रसाद पाेख्रेल

“सेवा नै धर्म हाे”, “दानीलाइ कहिल्यै हानी हुँदैन ।” भजन गाउने ओठ भन्दा सहयोग गर्ने हातहरू पवित्र हुन्छन् भन्ने यथार्थ लाई आत्म साथ गर्दै प्युठान जिल्ला झिम्रुक गाउपालिका वार्ड न २ बादिकोट पातलकटेरी निबासी एकल महिला बिजुला खत्रीका २२ बर्षिया छोरा महेन्द्र  खत्री कामको शिलसिलामा भारतमा रहेको र कामबाट कोठामा जाने क्रममा बिपरित दिशाबाट आइरहेको मोटरसाइकल र आफु चढेको मोटरसाइकल एक आपसमा ठोकिँदा महेन्द्रको एउटा खुट्टा दुई ठाँउबाट भाचिएको छातीको दुई वटा करङ भाचिएको र टाउकोमा पनि गम्भीर चोटपटक लागेको र अप्रेसन गर्नुपर्ने भएकोले भारतको SOBTI HOSPITAL मा ICU को बेडमा उपचारर्थ छन्  ।उनको घरको आर्थिक अवस्थाका अत्यन्तै कमजोरका कारण आमा बिजुला खत्रीले छोरालाई बचाई दिन प्युठान सेवा समाज कतारलाई आग्रह गर्नु भएको थियो ।आमाको आग्रहमा प्युठान सेवा समाज कतारका अध्यक्ष केशर बहादुर के सी को  संयोजकत्वमा “महेन्द्र खत्री बचाऔ” अभियान चलाएको थियो ।कतारलाई कर्मथलो बनाएर बस्नु भएका प्युठान लगायत छिमेकि जिल्लाका संघ सस्था का सदस्यहरुको सहयोगमा रु.८३,४९५।- अक्षेरुपि त्रीयासि हजार चार सय पन्चानब्बे रुपैया संकलन गरि झिम्रुक गाउपालिका वडा २ का वडा अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको खातामा पठाएको थियो जुन रकम आज मिति २०८० साउन २९ गते झिमरुक गाउपालीका वडा नम्बर २ का वडा अध्यक्ष कृष्ण पोख्रेल र नौबहिनी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा प्युठान सेवासमाज दोहा कतारका पुर्व अध्यक्ष मान बहादुर के सी को उपस्थिति मा उक्त रकम बिरामी को आमा बिजुला लाई हस्तान्तरण गरिएको थियो बिरामी को घरपरिवार को खुशीको दिपलाई निभ्न नदिन ” महेन्द्र खत्री बचाऔ अभियानमा आर्थिक सहयोग गर्नु हुने सम्पूर्णमा प्युठान सेवा समाज कतारले धन्यवाद प्रकट गरेको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।