नेबिसंघ द्वारा प्युठान नगरपालिकामा तालाबन्दी

नेबिसंघ द्वारा नगरपालिकामा तालाबन्दी


नेपाल बिधार्थि संघ जिल्ला कार्य समिति प्युठानले प्युठान नगरपालिकाकाे शिक्षा शाखामा बुधबमर दिउसाे तिन बजेकाे समयमा तालाबन्दी गरेकाे छ।
प्युठान नगरपालिकाले नगरपालिकाकाे शिक्षा शाखामा बिधालयबाट शिक्षक काजमा झिकाई कर्मचारी सरह जिम्मेवारी दिई काम काजमा खटाएकोले बिधालय मा फिर्ता पठाउनु पर्ने भनी नेबिसंघले असाेज ७ गते नगरपालिकामा ज्ञापनपत्र बुझाएकाे थियाे ज्ञापन पत्रकाे ब्यवस्ता गरेकाले नेबिसंघले नगरपालिकाकाे शिक्षा शाखामा ताला लगाएकाे हाे।


नेबिसंघ प्युठानका अध्यक्ष कल्याण बिक्रम के शि द्वारा हस्ताक्षर प्रेस विज्ञप्तिमा माग पूरा नभएसम्म प्युठान नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखामा अनिश्चितकालीन तालाबन्दि गरीएकाे उल्लेख छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।