सहकारीको बिकासका लागि उत्पादनमा लगानि गर्नु पर्ने मन्त्री सर्मा

बिमल प्रसाद पाेख्रेल
असाेज २५ प्युठान
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सहकारीहरूलाई  स्वराेजगारी र उत्पादनमा केन्द्रित गरि बिकास गर्नुपर्ने बताउनुभएको छ ।
जिल्ला सहकारी सङ्घ प्युठानले आयोजना गरेको सहकारीको प्रवर्द्धनमा स्थानीय तहको भूमिका विषयक वृहत् अन्तरक्रिया कार्यक्रममा  उहाँले अहिले अधिकांश सहकारीहरू ऋण बचतमा मात्रै केन्द्रित भएको भन्दै यो प्रवृत्तिलाई  बचत संगै निरन्तरता दिदै सहकारीहरूलाई उत्पादनमा केन्द्रित गर्नुपर्ने बताउनुभएको हो ।
शहकारी मार्फत कृर्षि उत्पादन, प्रशोधन, वितरण र उपभोगमा सहकारीको दायरा विस्तार गर्नु आवश्यक छ’’, उहाँले भन्नुभयो, ‘‘स्थानीय श्रम, सीप र पुँजीलाई अधिकतम रूपमा परिचालन गरी सहकारीलाई अर्थतन्त्रको एक सबल स्तम्भको रूपमा विकास गर्न यसको विविधीकरणमा ध्यान दिनुपर्ने बताउनुभयाे । प्युठान  जिल्लामा कृषि सहकारीहरूलाई विशेष प्रोत्साहन गर्दै विशिष्टीकृत कृषि एवम् वनजन्य उत्पादनमा जोड दिने नीति स्थानीय तहहरूले बनाउनु पर्ने सुझाब दिनु भयाे।
पछिल्लो समय सहकारी क्षेत्रमा बेथितिहरू देखिन थालेका छन सहकारी र सहकारीकर्मीबाट हुने बेथितिलाई सहकारी क्षेत्रकै कमजोरीको रूपमा लिन नहुने र त्यभित्रको कमजोरी स्वयम् सहकारी क्षेत्रले नै अन्त्य गर्नुपर्ने मन्त्री शर्माले भन्नुभयाे।
साथै मन्त्री सर्माले आजै जिल्ला रेडक्रस साेसाईटी बिजुवार उपसाखाकाे भबन एक कार्यक्रमका बिच उद्घाटन गर्ने क्रममा सर्माले मानिसकाे चेतनाकाे बिकास गर्नु नै महत्त्वपूर्ण बिकास भएकाे बताउनु भएकाे छ।जिल्लामा पछिल्लो समय बिभिन्न कारणले आत्महत्या गर्नेकाे संख्या बढ्दै गएकाेले यस्ता गतिबिधि राेक्न उचित खानपिन र आनिबानिमा परिबर्तन गरि चेतनाकाे बिकास गर्नुपर्ने बताउनु भएकाे हाे।
रेडक्रसकाे भबन बनाउन जग्गादातालाई सम्मान गर्दै सर्माले बाकि काम आफुले पूरा गर्ने प्रतिबद्धता समेत गर्नु भएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।