जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काे बार्षिक समीक्षा सम्पन

प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रले आर्थिक बर्ष २०७९/०८० काे बार्षिक प्रगति समीक्षा कार्यक्रम शुक्रबार मान्डबि गाउपालिका जस्पुर स्थित हाेटल अर्घाखाँचीकाे सभाहलमा सम्पन्न गरेकाे छ।
आयुर्वेद अस्पताल बिकास समितिका अध्यक्ष चन्द्रप्रसाद श्रेष्ठकाे अध्यक्षतामा सुरुभएकाे समीक्षा कार्यक्रम काे प्रमुख अतिथि जिल्ला सम्वनय समितिका अध्यक्ष धरम बहादुर जिसि रहनुभएकाे थियाे ।
समीक्षा कार्यक्रमकाे संबाेधन गर्दै जि सिले आयुर्वेद स्वास्थ्य केन्द्रले मानिसलाई स्वास्थ बनाउन निकै पहल कदमि चालेकाे र जन्ताले आयुर्वेद ओैषधिलाई सेबन गर्न रुचाउने र दिर्घराेगिहरुलाई लामाे आयु बनाउन निकै महत्त्वपूर्ण कार्य गरेकाे बताउनु भयाे। आयुर्वेद स्वास्थ्य केन्द्रकाे आफ्नै भबन नहुदा सेबा प्रबाहमा भएकाे समस्यालाई मध्यनजर गर्दै जिसिले बिजुवारमा रहेकाे जिल्ला सम्वनय समितिका नामकाे जग्गा भवन निर्माणका लागि आबश्यकता अनुसार उपलब्ध गराउन जिल्ला सभामा पेस गर्ने बताउनु भएकाे छ।
स्थानियतहरुमा रहेका आयुर्वेद स्वास्थ्य केन्द्रहरुमा बिरामिकाे चाप दिन प्रतिदिन बढ्दै गएकाे तर भाैतिक संरचनाहरु नहुदा सेवा प्रबाहमा निकै समस्या भएकाे निमित्त कार्यलय प्रमुख शिशिर पाेख्रेलले प्रतिबेदन प्रस्तुत गर्ने क्रममा बताउनु भयाे।
पाेख्रेलले जिल्लामा नागरिक आराेग्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरि ११ स्थानबाट अन्तरंग सेवा,बहिरंग सेवा,जेष्ठ नागरिक सेवा,पुर्वकर्म पञ्चकर्म सेवा,शल्य सेवा (क्षारसुत्र)स्थनपायि ,स्वास्थ्य शिबिर तथा ब्यायाम सेवा,दिएकाे बताउनु भयाे।साथै कार्यलयले स्वास्थ जिबनसैलि प्रबद्वन,प्रकृतिमैत्रि नमुना गाउशहर तथा जनचेतनामूलक कार्यक्रम ,शिक्षकहरुलाई आयुर्वेद तथा याेग संबधि अभिमुखिकरण ,गृहणिका लागि स्वास्थ्य भान्सा सुधार ,परम्परागत चिकित्सक कर्मिकाे लगत संकलन लगाएतका
कार्यक्रमहरु संचालन गर्दै आएकाे र यसलाई निरन्तर दिईने पाेख्रेलले बताउनु भयाे।
कार्यक्रममा स्थानीयतहमा रहेका आयुर्वेद स्वास्थ्यकेन्द्र र नागरिक आराेग्य केन्द्रहरुमा डाटा ईन्ट्रि गर्ने,बिबरणहरु राख्ने ल्यापटप,कम्प्युटर नेट सेवा नहुदा समस्या परेकाे र कतिपय स्वास्थ्य केन्द्रमा कर्मचारीकाे अभाबले गर्दा सेबाग्रहिले दुख झेल्नुपरेकाे बिजुवार नागरिक आराेग्य केन्द्रका प्रमुख थानेश्वर न्याैपानेले बताउनु भयाे। कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सन्जय रिजालले आयुर्वेद संबधि चेतना जनस्तरमा पुराउन सुचनामुलक कार्यक्रमहरु ल्याउन र स्थानियतहहरु संग सहकार्य गर्न अनुराेध गर्नु भयाे ।
जसले सेवा दिएपनि प्युठानि जनताकाे सेवा दिनेहाे सहकार्य गरेर सेवा प्रबाह गराै जिल्ला स्वास्थ्य कार्यलय प्युठानका प्रमुख हेमराज पान्डेले भन्नू भयाे हामि जन्तालाई निराेगि बनाउने हाे सकभर ओैषधि सेबन नगर्ने बनाउन आनिबानि र खानपिनमा सुधार गर्नु पर्ने उहाले बताउनु भयाे।

उत्कृष्ट        स्वास्थ्य केन्द्र र नागरिक आराेग्यकेन्द्रलाई सम्मान गरीएकाे थियाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।