मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,तरुणदलले भब्य स्वागत गर्ने।

मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,दरुणदलले भब्य स्वागत गर्ने।
पाैष १८ प्युठान
नेपाली काङ्ग्रेस प्युठान प्रदेश ख का सभापति तथा माननिय सराेज थापा नेपाल सरकार लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्रीमा नियुक्ति भएपछि पहिलाे पटक पाैष २३ गते गृह जिल्ला प्युठान आउने कार्यक्रम तय भएकाे नेपाल तरुण दल प्युठानका अध्यक्ष कृष्ण बस्यालले बताए। एकतिस बर्ष पछि नेपाली काङ्ग्रेसकाे साख जाेगाउदै थापा मन्त्री हुनुभएकाे हाे ।नेपाली काङ्ग्रेसका शिबराज सुवेदी तीन दशक अघि राज्य मन्त्री हुनिभएकाे थियाे।

तरुणदल प्युठानकाे बैठक आज दिउसाे एक बजे बिजुवार स्थित खेलमैदानमा तरुणदल प्युठानका अध्यक्ष कृष्ण बस्यालकाे अध्यक्षता र केन्द्रीय सदस्य सनत श्रेष्ठकाे विशेष उपस्थिति बसि स्वागतकाे तयारीका लागि बिबिध कामकाे जिम्मेवारी ताेकिएकाे सचिब भेषराज लम्सालले संघर्ष मिडियालाई जानकारी गराए।

मन्त्री थापालाई मान्डबि गाउपालिकाकाे चकचकेमा तरुणदल प्युठानले भब्य स्वागत गर्ने य्राली सहित चकचके देखि प्युठान जुम्रिमा रहेकाे हाेटल आयुष्मामा हुने पार्टिकाे कार्यक्रममा सहभागी हुने तरुणदल प्युठानका अध्यक्ष बस्यालले बताए।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।