झिमरुकमा निशुल्क आँखा शिबिर संचालन

झिमरुक गाउँपालिकामा एक दिने आँखा शिविरबाट आँखाका रोगिहरु लाभान्वित भएका छन् । सोमबार झिमरुक-५, मच्छी स्थित बाल शिक्षा माध्यमिक बिद्यालयमा संचालन गरिएको आखाँ जाँच शिविरमा २ सय २३ जाना आँखाका रोगी लाभान्वित भएको गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले जानकारी दिनुभएको छ ।
गाउँपालिका भित्र रहेका अति विपन्न गरिव बृद्धबृद्धा, अशक्त भएका ४० वर्ष माथिका आखाँमा समस्या भएका सबै नागरिकले आखाँ जाँच शिविरबाट सेवा प्राप्त गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिकास केसीले जानकारी दिनुभयो ।
एक दिने आखाँ शिविरमा १ सय ३१ जना पुरुष र ९२ जना महिला गरि जम्मा २ सय २३ जनाले सेवा पाएका छन् । जसमध्ये ८३ जनालाई चस्मा वितरण गरिएको थियो। थप १६ जनालाई मोतीविन्दुको उपचारको लागि झिमरुक गाउँपालिकाको आर्थिक सहयोगमा नरेन्द्र गायत्री आँखा अस्पताल, बिजुवार प्युठानमा रेफर गरिएको नरेन्द्र गायितत्री आखाँ अस्पताल बिजुवारका अध्यक्ष लक्ष्मीप्रकाश राज भन्डारीले जानकारी दिनुभयो। गाउँमै उपचार सेवा पाउदा झिमरुक-५ बस्ने ८० बर्षिय तुलसी कुमारी श्रेष्ठ र झिमरुक-८ का ७७ बर्षिय रेकम बहादुर महतराले खुशी व्यक्त गर्नुभएको छ । उहाँ जस्ता ८३ जनाले आँखा कमजोरी भएको कारण निशुल्क चस्मा र औषधि दिएको थियो । शिविरमा माेतिबबिन्दु, नजिक तथा टाढा नदेख्ने, आँखामा मासु पलाएको, बढी आँसु झर्ने सुख्खा हुने लागाएतको बिरामीको उपचार गरिएको नेत्र सहायक महाेमत कमर धुनियाले जानकारी दिनुभयो ।

नरेन्द्र गायत्री आँखा अस्पताल,बिजुवार प्युठानको आयोजना तथा झिमरुक गाउँपालिकाको समन्वयमा एक दिने आँखा शिविर संचाल गरिएको थियो । सोमबार झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहदुर महतरा क्षेत्रीले उद्घाटन गर्नुभएको

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।