झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ शिल्ड बालशिक्षा मा बि लाई

झिमरुककाे तेस्राे राष्ट्रपति रनिङ शिल्ड बालशिक्षा मा बि लाई
पाैष २८ प्युठान

प्युठानकाे झिमरुक गाउपालिकामा पाैष २६ गते देखि संचालन भएकाे राष्टपति रनिङ शिल्ड प्रतियोगिताकाे शिल्ड बालशिक्षा मा बिले जित्न सफल भएकाे छ। झिमरुक गाउपालिका भित्र रहेका सामुदायिक तथा निजि तेह्र बिधालय सहभागी भएका थिए। गाउपालिकाले आयाेजना गरेकाे रनिङ शिल्ड प्रतियोगितामा भलिवल,कपर्दि,र एथलेटिक्स तर्फका विभिन्न बिधाका खेलहरु खेलाईएकाे खेल प्रशिक्षक महेन्द्र पण्डितले बताउनु भयाे।

प्रथमहुने बालशिक्षा मा बि ले नाै साेड,पाच रजत,पाच कास्य लिएर शिल्ड जित्न सफल भएकाे हाे। दाेस्राे हुने प्रभात माबिले पाच साेड दुई रजत तथा तेस्राे हुने सत्य माबिले तिन साेड, छ रजत ,चार कास्य। बालशिक्षा माबि अघिल्लो बर्षकाे शिल्ड जित्न सफल भएकाे थियाे । बिजेता खेलाडीहरुलाई समापन कार्यक्रमकाे प्रमुख अतिथि लुम्बिनी प्रदेस सभा सदस्य माननीय निमा गिरी बिशिष्ट अतिथि जिल्ला सम्वनय समिति प्युठानका प्रमुख धरम बहादुर जि सि,गाउपालिका अध्यक्ष पितबहादुर एम सि ,उपाध्यक्ष प्रमाेद पाेख्रेल लगाएतका अतिथिहरुले अबिर, मेडल ,टाेर्फि प्रदान गर्नु भएकाे थियाे।प्रमुख अतिथि गिरीले बिजेतालाई बधाई दिदै खेलाडीकाे जीवन बिमा गराउन सदनमा आवाज उठाउने बताउनु भयाे गाउपालिका अध्यक्ष एमसिले तिनदिन खेल संचालनमा सहयाेग गर्ने सबैलाई धन्यवाद दिदै आगमिदिनमा खेलकुदकाे बिकासका लागि झिमरुक गाउपालिकाले याेजना बनाएर लाग्ने बताउनु भयाे।।

बाकि संघर्ष मिडियाकाे फेसबुक पेजमा भिडियाे सहित….

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।