श्रमिकलाइ सामाजिक सुरक्षा कोषमा आबद्द गराउन ऐरावती गाउपालिका र कोष बिच सम्झौता
प्यूठानको ऐरावती गाउँपालिकाले पालिकाभित्रका ६० जना श्रमिकललाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने भएको छ । पालिकाको ६ वटै वडाबाट १०/१० जना श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउने गाउँपालिकाले जनाएको छ । श्रमिकललाई सामाजिक सुरक्षा कोषमा आबद्द गराउन पालिकाले श्रम,रोजगार तथा सामाजिक सुरक्षा कोष काठमाण्डौंसंग सम्झौता गरेको छ । गाउँपालिकाको १४ औ गाउँसभाको निर्णय अनुसार आइतबार सामाजिक सुरक्षा कोष र गाउँपालिकाबिच सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जानकारी दिनुभयो ।
पालिका र सुरक्षा कोषको तर्फबाट तयार गरिएका बिभिन्न सर्तहरु शतप्रतिशत कायान्वय गर्ने गरी सामाजिक सुरक्षा कोषका उप कार्यकारी निर्देशक विवेक पन्थी र गाउँपालिकाका शाहले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । गाउँपालिकाको अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना संञ्चालन कार्यविधि २०७९ अन्तर्गतका श्रमिक र स्वरोजगार व्यक्तिहरुलाई कोषमा आवद्ध गर्ने,उनीहरुको योगदान रकम संकलन गर्ने र ऐन,नियमावली तथा कार्यविधि बमोजिम सरकारको तर्फवाट सह योगदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर गरिएको अध्यक्ष शाहले बताउनुभयो ।मान्डबि अनलाइन बाट साभार।