राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २५ देखि प्युठानमा


निर्मला मगर
माघ ५ प्युठान
प्युठान जिल्ला स्तरीय तेर्हाै राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता २०८० यहि माघ २५ गतेदेखि गणतान्त्रिक खेल मैदान बिजुवारमा सन्चालन हुने भएकाे छ।
शुक्रबार बिहान जिल्ला समन्वय कार्यलय प्युठानकाे बैठकहलमा समन्वय प्रमुख धरमबहादुर जिसिकाे अध्यक्षतामा बैठक बसि मिति तय गरिएको हाे।बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले खेल मर्यादित बनाउन सर्बपक्षिय सहयाेग शान्ति सुरक्षा तथा ब्यबस्थापकिय बिषयमा छलफल गर्नु भएकाे थियाे।
बैठकमा प्युठान जिल्लामा कार्यरत श्री बद्रबहादुर गण ,जिल्ला प्रहरी कार्यलय,शसस्त्र प्रहरी बल,शिक्षा इकाई तथा समन्वय ,जिल्ला समन्वय अधिकारी ,खेलकुद बिकास समितिका पदाधिकारी र कर्मचारी ,लगाएत निर्देशक तथा ब्यबस्थापन समितिका सबै पदाधिकारीकाे उपस्थित रहेकाे थियाे।
बैठकले खेलकुद संचालनकाे लागि आबश्यक पर्ने बजेट अपुग भएकाेले स्थानिय तहसंग सहयाेग लिने,प्रमुख अतिथिकाे लागि निमन्त्रणा गर्ने,खेल प्रशिक्षक नेपाल आर्मिसंग माग गर्ने,शान्ति सुरक्षाकाेलागि जिल्ला प्रशासन कार्यलय संग समन्वय गर्ने,लगाएतका बिषयमा छलफल गरेकाे हाे।
खेल आगमि माघ महिनाकाे २५ गते देखि शुरु भई २८ गतेसम्म सक्ने गरि संचालन गरिनेछ खेलमा प्युठान जिल्लाका नाै स्थानिय तहबाट एक हजार जना खेलाडि ,खेल प्रशिक्षक शिक्षा शाखा तथा हजाराै जना दर्शककाे सहभागीता रहनेछ,बिगतका बर्षमा भन्दा थप आकर्षक तरिकाले खेल संचालन हुने खेलकुद बिकास समितिका संरक्षक तथा समन्वय प्रमुख धरम बहादुर जि सि ले बताउनुभयाे।खेल उद्घाटनमा प्रदेश सरकार लुम्बिनीका मुख्य मन्त्री श्री डिल्लिबहादुर चाैधरि वा निजले ताेकेकाे मन्त्रीबाट गरिने सल्लाह बैठकमा भएकाे छ।

खेल संचालनमा तेह्र लाख रुपैयाँ विभिन्न उपहार,ब्यबस्थापन तथा बिबिधमा खर्च हुने आयाेजकले बताएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।