२७ वर्षे सेवा पछि अवकास लिदै पण्डित

२७ वर्षे सेवा पछि अवकास लिदै पण्डित


निर्मला मगर
माघ ५ प्यूठान
जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ प्यूठानका प्रमुख शिवराज पण्डितले २७ वर्ष पछि सेवाबाट अवकास लिनु भएको छ ।
अवकास लिएका पण्डितलाई कर्मचारी मिलन केन्द्र प्यूठान, जिल्ला समन्वय प्यूठान, शिक्षा बिकास तथा समन्वय ईकाइ प्यूठान लगाएत विभिन्न सघंसस्थाहरुले छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी विदाई गरेका छन् । पण्डित प्यूठान जिल्लामा २०५५ साल बैशाख १० गते जिल्ला शिक्षा कार्यालय प्यूठानमा प्राश शाखा अधिकृत हुदै २०७५असार १ गते देखि हाल सम्म शिक्षा बिकास तथा समन्वय ईकाई प्रमुखको रुपमा कार्यरत हुदै आउनु भएको थियो । कार्यकालको समयमा सहयोग पुर्‍याउनु हुने सम्पूणर् शिक्षक लगायत पेशागत शिक्षकका प्रमुख तथा प्रतिनिधीहरुले धन्यबाद दिदै पण्डितलाई २७ बर्षको लामो कार्यकालको समयमा शिक्षकहरुलाई हेपिएका अपहेलित शिक्षक नभएर स्वाभिमानी शिक्षक हौ भन्ने अनुभुती सम्म गराउनु भएको शिक्षक महासंघका अध्यक्ष शेर बहादुर थापा क्षेत्रीले बताउनु भयो ।
पण्डितलाई फुलमाला, अबिर, दोसल्ला, खादा, प्रशंसापत्र, मायाको चिनो लगाएतका अन्य शैक्षिक गिफ्ट सामाग्रीहरु उपहार प्रदान गरी बिदाई गरिएको थियो ।

पण्डितले कामको दौरानमा सहयोग गर्नुहुने सम्बन्धित निकायका सरोकारवालाहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । पण्डितले सामाजिक क्षेत्रमा पनि उत्तिकै उल्लेखनीय कार्य गर्नु भएको छ ।उहाँले बृहत खानेपानी आयोजना सस्थाको कोषाध्यक्ष , जनविकास संस्था नेपालबाट विभिन्न कार्यक्रम गरेको बताउनु भयो । यदि फोरम मिल्यो भने जिल्लाको साथ पाउने आशा राख्देै जिल्लालाई केहि गर्ने र बाकी जीवन सामाजिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
आफ्ना सहकर्मी साथीहरु, शिक्षक महांसंघ, विभिन्न पेशागत सघसगठन साथीहरुले विदाईको कार्यक्रम आयोजना गरेर सम्मानका साथ विदाई गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै सेवाबाट अवकास भए पनि फोनमा सम्पर्क हुने र केहि समस्या परेको खण्डमा सहयोग गर्ने प्रतिबद्धता राख्दै जिल्लामा रहेर सामाजिक क्षेत्रमा कार्य गर्ने बताउनु भयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।