प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नबजात शिशु (छोरी) फेला

प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नबजात शिशु (छोरी) फेला परेका छन । जुम्रिमा रहेकाेहोटेल आयुष्मा नजिकैकाे घर छेउमै रहेकाे जस्ताको छाप्रोमा सालनाल सहित कपडाले छोपेर बाख्रालाई घाँस झुन्डाउने झोलुङ्गोमा राखेको अवस्थामा शिसु फेला परेको प्रहरीले जनाएको छ।


बुधबार बिहान करिब ६:३० बजेको समयमा बच्चा रोएको आवाज स्थानीयले सुनेपछि प्रहरीलाई खबर गरेका थिए ।
शिशु जिवित रहेको र अहिले जिल्ला अस्पताल विजुवारमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरिक्षक सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो
कसले बच्चा जन्माएर के उद्धेश्यले फालेको हो भन्ने कुरो पत्ता नलागेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिसकेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।