प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्त्री थापा द्वारा उद्घाटन

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै लुम्बिनी प्रदेशका उद्योग तथा यातायात मन्त्री सरोज थापाले खेल एउटा विद्यालय र जिल्लाको मात्र नभई सिंगो देशको गहना भएको बताए । खेलमा अनुसाशन आवश्यक हुने थापाले बताए । खेलका लागि खेल मैदान आवश्यक हुने भएकाले यसको पूर्वाधार विकास गर्न आफु लागि पर्ने बताएका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सांसद धन लक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख धरम बहादुर जि.सि, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद अर्यालले शुभकामना मन्तव्य राखेमा थिए ।

प्रतियोगितामा ३ संस्थागत र ११ सामुदायिक गरी १४ विद्यालय सहभागि भएका छन् । ५ विधामा सञ्चालन हुने प्रतियोगितामा २४ वटा खेल समावेस गरिएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख बिष्णु बहादुर योगिको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले गरेका थिए भने कार्यक्रमको सञ्चालन नगरप्रमुखको स्वकीय सचिव पुष्कर शर्माले गरेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।