प्युठानमा ट्रायल सेन्टरको उद्घाटन

निर्मला मगर
फागुन १४ प्युठान
प्युठानकाे प्युठान नगरपालिका तीन स्थित सुर्यचन्द्र ड्राइभिङ ईन्स्टिच्युटद्वारा निर्मित ट्रायल सेन्टरकाे आज एक कार्यक्रमका बिच प्युठान नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले उद्घाटन गर्नुभएकाे छ।
ट्रायल सेन्टरकाे उद्घाटन गर्दै श्रेष्ठले देख्दा व्यबसायिकरुपमा देखिएतापनि याे समग्र प्युठानबासिहरुकाे महत्त्वकाे बिषय रहेकाे बताउनु भयाे।बर्षाै देखि बाझाे रहेकाे जग्गा लिजमा लिएर ब्यवसाय संचालन गरी आम नागरिकलाई सेवा दिएकाेमा संचालकलाई सफलताको शुभकामना श्रेष्ठले ब्यक्त गर्नु भएकाे थियाे।
प्युठान सहित छिमेकि जिल्लाहरुलाई सेवा दिने हेतुले सुर्यचन्द्र ड्राइभिङ ईन्स्टिच्युटका ब्यबस्थापक सुरज घर्तिले करिब पन्ध्र लाख रुपैयाकाे लागतमा ट्रायल सेन्टर निर्माण गरेकाे बताउनु हुन्छ।


घर्तिले बिगत एक दशकदेखि गाडि सिक्न चाहानेहरुलाई खाेलाकाे बगर र खालि जग्गामा सिकाउदै आउनु भएकाे थियाे सेवाग्राहीकाे माग र अहिलेकाे आबश्यक्तालाई मध्यनजर गर्दै ग्राहकहरुले ट्रायल सिक्नकाे लागि हजारौं रुपाैया खर्च गरेर दाङ बुटवल गएर क्षेणिक समय मात्रै सिक्ने र लाईसेन्स निकाल्दा हजाराै रुपैयाँ बिचाैलियाहरुदाई तिर्नु पर्ने गरेका गुनासा अब समधान गरिने घर्तिले बताउनुभयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।