फागुन १३ देखि १८ गते सम्म प्युठान नगरभित्र खाेप अभियान चल्ने

फागुन ८ प्यूठान
प्युठान नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८०/०८१ सफल पार्न स्थानीय तह स्तरीय समन्वय समितिका सदस्य तथा सञ्चारकर्मीसँग बैठक तथा गोष्ठि नगरपालिकाको भित्रिकोट हलमा सम्पन्न भएको छ ।
नगर स्वास्थ्य शाखा प्रमुख गोबिन्दराज घिमिरेले राष्ट्रिय खोप कार्यक्रमका उदेश्य, औचित्य र चुनौतीको बारेमा जानकारी गराउनु भएको थियो ।
प्रत्येक बालबालिकाहरुलाई दादुरा रुबेला खोप ,आमा गर्भावस्थादेखि नै खोप दिन सुरु गरीने भएकाले बच्चाले सात पटकमा नौ वटा खोप लगाउने गरेकाे घिमिरेले बताउनुभयो ।
फागुन १३ गते देखि १८ गते सम्म प्यूठान नगरपालिकाका दश वटा वडा भित्र रहेका ४२ओटा खोप केन्द्रमा दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख घिमिरेले बताउनुभयो ।
गाष्ठिकाे अध्यक्षता गर्नुभएका प्युठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्माले खोप अभियान सञ्चालनमा सबैले आ-आफ्नो क्षेत्रबाट सकरात्मक सुचना प्रवाह गर्नुपर्ने बताउनु भयाे याे खाेप बालबालिकाहरुकाे लागि हुने भएकाले संचारकर्मि र बिधालयका शिक्षक शिक्षिका तथा सबै जनप्रतिनिधिहरुलेे हातेमालो गरेर खाेपबाट कहिपनि बन्चित नगराउन अनुराेध गर्नुभयाे।
प्युठान नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका तीन हजार चार सय अन्ठानब्बे जनालाई दादुरा रुबेला खाेप दिने लक्ष्य लिएकाे छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।