प्रजातन्त्र दिबसकाे अबसरमा निशुल्क स्वास्थ्य शिबिर

 


फागुन ७ प्युठान
निर्मला मगर
प्रजातन्त्र दिबसकाे अबसरमा जिल्ला स्वास्थ्य कार्यलय प्युठानले आयाेजना गरेकाे निशुल्क स्वास्थ्य शिबिरमा १५४ जनाले स्वास्थ्य परिक्षण गरेका छन।
चालीस वर्ष माथी उमेर समुहका ब्यक्तिहरुको सुगर, प्रेसर र मृगौलाको निशुल्क रुपमा परिक्षण गरिनुका साथै स्वास्थ्य परामर्श दिईएकाे जिल्ला स्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो ।
शिविर संचालन अबधिभर जिल्लाका १५४ जना मध्ये १०८ जना पुरुष र ४६ जना महिलाले सेवा लिएकाे पाण्डेले बताउनु भयाे।
प्युठान नगरपालिका चार बिजुवार स्थित मित्रमणि चाेकमा सिबिर संचालन भएकाे हाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।