काङ्ग्रेस अब संगठन निर्माणमा लाग्नु पर्छ: राेज राणा

चैत ७ प्युठान

निर्मला मगर

 

स्वर्गीय गिरिजाप्रसाद काेईरालाकाे १४ ओै स्मृति दिबसकाे अबसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति प्युठान र नेपाल प्रेस युनियनकाे प्युठानकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम आज प्युठान नगरपालिका सात स्थित बहुउद्देश्यीय शैक्षिक भबन पुण्यखाेलामा सम्पन्न भएकाे छ।
अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री राेज राणाले गिरिजाप्रसाद काेईरालाकाे देन नेपाली काङ्ग्रेसलाई मात्रै नभएर सिङ्गाे राष्ट्रका लागि अतुलनीय याेगदान गरेकाे बिषयमा सम्झदै पार्टि निर्माणमा कार्यकर्तालाई संरक्षण गर्दै संगठन बलियाे र मजबुत बनाउन जस्तोसुकै चुना‌ैति खेप्न निडर नेताकाे याेगदानलाई सधै आत्मसाथ राखेर अगाडि बढ्ने बताउनु भयाे।
देशमा जतिबेला ठुला ठुला कठिनाइ आउछन त्यति बेला याे देशकाे संरक्षण गर्ने जिम्मेवारी नेपाली काङ्ग्रेसको काधमा आउँछ याे देशकाे रक्षा गर्न र देशमा लाेकतन्त्र बचाउन काङ्ग्रेस सधै लाग्नु पर्ने राणले बताउनु भयाे।
काङ्ग्रेस अब संगठन निर्माणमा लाग्नु पर्छ आगमि निर्वाचनमा एक्लाएक्लै चुनाबमा हाेमिएर वडा देखि केन्द्र सम्म जित्नु पर्छ नेतृत्वले ब्याक्तिबादि गुटउपगुट गर्नुहुँदैन कार्यकर्ताले याे लाईन त्याे लाईन र ब्यक्ति विशेष प्रचार नगरी काङ्ग्रेसको ब्यबस्था बारे प्रचारप्रसार गर्न अनुराेध गर्दै अहिले संगठन निर्माणमा काङ्ग्रेस एक ढिक्का भएर लाग्नु पर्ने राणाले बताउनु भयाे।
अन्तरक्रिया कार्यक्रमकाे अध्यक्षता नेपाली काङ्ग्रेस प्युठानका सभापति बिष्णुकुमार गिरीले गर्नुभएकाे थियाे। सभापति गिरीले नेपाली काङ्ग्रेस प्युठानकाे आफ्नै भबनमा कार्यलय संचालनकाे लागि भबन निर्माणकाे लागि सबैजनाले हातेमालो गर्दै आफुसक्दाे सहयाेग गरि लाग्नु पर्ने बताउनुभयाे।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।