झिमरुकमा नेपाल टेलिकमको फाईबर नेट सेवा मन्त्री सर्माद्वारा उद्घाटन

झिमरुक गाउँपालिकामा नेपाल टेलिकमको फाईबर नेट सेवा बिस्तार भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको एफटिएचएच सेवाको भर्चुअल रुपमा उद्घाटन गर्नुभएको हो ।
उदघाटनमा प्रमुख अतिथि मन्त्री शर्माले गुणस्तरीय सेवाका निम्ति नेपाल टेलिकम लाग्नु पर्ने बताउदै सेवा नपुगेको ठाउँमा सेबा बिस्तारमा लाग्नुपर्ने समेत बताउनुभयो । मन्त्री शर्माले सबै जिल्ला र पालिकामा उच्च प्रबिधिको इ इन्टरनेट सेवा पुर्याउने निती अनुसार काम भईरहेको बताउनुभयो ।
यस आर्थिक वर्षमा हुम्ला बाहेक सबै जिल्लामा यो सेवा पुग्ने उहाँको भनाई छ । “सबै स्थानीय तहसंग समन्वय गरेर योजना बनाएर काम भैरहेको छ,” मन्त्री शर्माले भन्नुभयो, “पालिका हुदै वडासम्म पुर्याउन सके जनताको सेवा र टेलिकमको आयाअर्जन समेत बढ्ने छ ।” सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्न टेलिकमलाई आग्रह गर्नुभयो ।
नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाउन लागेका बताउदै त्यसका लागि टेलिकमले सहयोग गर्नुपर्ने मन्त्री शर्माले बताउनुभयो । उहाँले दुर दराजमा ईन्टरनेट सेवा पुर्याउने अभियानमा सरकार लागि परेको बताउनुभयो ।
प्यूठानको प्यूठान नगरपालिका, मल्लरानी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, माण्डवि गाउँपालिका र झिमरुक गाउँपालिकामा सेवा पुगेको छ ।
ऐरावती गाउँपालिका, सरुमारानी गाउँपालिका र नौबहिनि गाउँपालिकामा सेवा प्रबाहका लागि सर्भे भइसकेको र गौमुखि गाउँपालिकामा सर्भे गर्ने तयारी रहेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो ।

उहाँले जिल्लामा ४ हजार ६०८ जनालाई सेवा दिन पुग्ने गरि फाईबर नेट उपलब्ध रहेको बताउनुभयो । हाल १ हजार ६१८ जनालाई सेवा प्रबाह गरिएको छ । प्यूठामा ३७ वटा ४ जी टावर संचालकनमा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिता पहाडीले टेलिकमले आफ्नो सेवा बिस्तार गर्न सक्रिय रुपमा काम गर्दै आएको बताउनुभयो ।
झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सूचना प्रबिधिको युगमा उच्च स्तरको सेवा सुरु भएको भन्दै खुशी व्यक्त गर्नुभयो । पालिकामा ६ हजार १३० घरधुरी रहेको भन्दै सबैले उक्त सुबिधा लिने गरी आगामी दिनमा सेवा बिस्तार गर्नुपर्ने बताउनुभयो । पालिका भित्र रहेका विद्यालय, वडा, संघ संस्थासम्म सेवा पुर्याउनका लागि सहकार्य गर्न पालिका तयार रहेको बताउनुभयो ।कार्यक्रममा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्त प्रसाद मल्लिक, भैरहवा उप-प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख, निरन्जन श्रेष्ठ, वडा अध्यक्षहरु लगायतको उपस्थिति थियो ।
साहारा खबरबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।