माण्डवीको त्रिवेणीमा चैत्र २९ गतेदेखि महोत्सव शुरुहुदै

 

 

प्युठानको माण्डवी गाउँपालिका १ त्रिबेणी बगरमा कृषि तथा पर्यटन प्रवर्द्धनका लागि कृषि,पर्यटन,ब्यापार तथा सांस्कृतिक मेला महोत्सव आयोजनाको लागि तिब्र तयारी रहेको आयोजकले आज पत्रकार सम्मेलन गरि बताएको छ।
त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको आयोजनामा त्रिबेणी धामको बगरमा पहिलो पटक प्युठान माण्डवी कृषि,पर्यटन तथा सांस्कृतिक मेला महोत्सव हुने भएको छ।
माडी क्षेत्रमा उत्पादन हुने सामाग्रीहरुको बजारीकरणमा समेत महोत्सवले टेवा पुर्याउनुको साथै माण्डवी गाउँपालिका भित्र रहेका पर्यटकस्थलहरुको प्रबर्द्धनमा टेवा पुग्ने उदेश्यले मेला आयोजना गरेको त्रिबेणी सामुदायिक ग्रामिण संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो । महोत्सवमा स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनुको साथै कृषिको लागि पाँच स्टल निस्शुल्क दिइनेछ उहाँले भन्नुभयो’महोत्सवमा माडी क्षेत्रको पुरानो माडीखोले नाँच,मारुनी नाँच,माडी खोलाकै बिभिन्न प्रकारका माछाको परिकारको स्वाद पनि पाईनेछ। महोत्सवमा बिद्यालय स्तरीय हाजिर जवाफ, जिल्ला स्तरीय भलिवल प्रतियोगिता,हात्ती सवार,प्याराग्लाइडिङ, बोटिंङ,डान्स आइडल,विद्युतीय मेशिन कृषि औजार प्रदर्शनी,आटोमोबाईल प्रदर्शनीका साथै स्थानीय कलाकार तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहेको संस्थाको अध्यक्ष रामचन्द्र पौडेलले बताउनुभयो।
महोत्सवका लागि करिव ५० प्रतिशत स्टलका सरसामान आइसक्नुको साथै  बुकिङ्गको लागि खुल्ला भईसकेको मेला संयोजक ईमान बिष्टले जानकारी दिनुभयो । मेला चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म हुनेछ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।