गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम झिमरुकमा सम्पन्न

स्वस्थकर जीवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम प्युठान आयुवेर्द स्वास्थ्य केन्द्र प्युठानकाे आयाेजनामा जिल्लाकाे झिमरुक गाउपालिकामा सम्पन्न भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि आयुवेर्द केन्द्रका संरक्षक तथा जिल्ला
सम्वनय समिति प्युठानका प्रमुख धरम बहादुर जिसिले स्वस्थकर खानपिनमा विशेष ध्यान दिएर खायाै भने विभिन्न राेगबाट वचन सकिने बताउनु भयाे साथै जि सिले भान्सामा महिलाहरुले मात्रै नभएर पुरुषले पनि काम गर्नु पर्ने बताउनु भयाे।


जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्रका कविराज निरिक्षक थानेश्वरर न्याैपानेले भान्सामा प्रयाेग गरिने जडिबुटीहरु अमला,कुरीलाे,गुर्जाे,बाेझाे,बेसार,धनिया,अदुवा,लसुन,घाेडटाप्रे,घिउकुमारी,टिमुर,तुलसि,जाबुन,हर्राे,बर्राे,तेजपात,कुबिड्डाे,काेईरालाे लगाएतका जडिबुटिकाे भान्सामा प्रयाेग गर्ने विधि शरीरमा गर्ने फाईदा तथा राेग प्रतिरोधात्मक क्षमताका बिषयमा प्रशिक्षण दिनुभएकाे थियाे।
जिल्ला आयुबेद्र स्वास्थ्य केन्द्रका कविराज निरिक्षक टुक बहादुर राेकाले स्वस्थकर खानपिन र अस्वस्थकर खानपिनकाे बिषयमा सहभागिहरुलाई जानकारी गराउदै शारीरिक पारिश्रमिक गर्ने तरिका समय, खाना उब्जाउने , खाना पकाउने, खानेतरिका,समयतालिका, खानाथाेरै खाने महेनत धेरै गर्ने तरिका,र निराेगिबन्ने खानामा चिल्लाे,गुलियाे,नुनिलाे र मैदाबाट बनेका खानेकुरा घटाउने उसुनेका खानेकुरा बढि प्रयाेग गर्न संबधी बिषयमा प्रशिक्षण दिनु भएकाे थियाे।
कार्यक्रमका अध्यक्ष तथा जिल्ला आयुबेद्र स्वास्थ्य केन्द्रका कार्यलय प्रमुख शिशिर पाेख्रेलले पाेषण संबंधी जानकारी गराउदै बालबालिकाहरुलाई कुपाेषण,ख्याउटेपन,कम ताैल हुनु,रक्तअल्पता हुनुका कारणहरु पाेषणकाे मात्रा कम भएर भएकाे बताउनु भयाे।
सहभागीहरुकाे तर्फ बाट झिमरुक गाउपालिकाकि स्वास्थ्य शाखामा कार्यरत हरि जि सिले भान्सादेखि नै हाम्राे आनिबानि परिवर्तन गर्याै भने जटिल राेगबाट वचन सकिने बताउनु भयाे भान्सामा सुधार नभएसम्म हाम्राे जीवन शैली नसुध्रनिने बताउनु भयाे।
कार्यक्रम का विशेष अतिथि झिमरुक गाउपालिका अध्यक्ष पितबहादुर एम सिले सहभागिहरुले सिकेका भान्सा संबधि गतिविधिहरु छरछिमेकमा पनि सिकाउन प्रेरणादिनु पर्ने बताउनु भयाे।
स्वास्थ जीवन ,सुखि जीवन,समृद्ध राष्ट्र कसरी बनाउन सकिन्छ भन्ने बिषयमा ध्यान दिनु पर्ने सिकेका कुरा आफुबाट कार्यनयन गर्नुपर्ने  एम सिले बताउनुभयाे।

 

 

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।