नागरिकलाई शान्ति सुरक्षा दिलाउदै सामाजिक कार्यमा अब्बल बन्दै प्युठान प्रहरी

चैत २५ प्युठान

जिल्ला प्रहरी कार्यालय प्युठानको चमत्कार एकै दिनमा पाचँ सामाजिक कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय प्युठानले चैत २५ गते शनिबारका  दिन जिल्लाका विभिन्न स्थानहरुमा  पाचँ वटा सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवर र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशकी अध्यक्ष निलम कडायतको उपस्थितीमा जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा प्यूठान जिल्लामा २४ घण्टामा ५ वटा सामाजिक कार्यक्रम भएका छन् ।


जसमा  सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकहरुलाई सवारी भाडा छुट सम्बन्धी सचेतना कार्यक्रम, पवित्र धार्मिक स्थल स्वर्गद्धारीमा फलफुल तथा अन्य सामग्री वितरण, बहालवाला र पूर्वप्रहरी कर्मचारी तथा आश्रीत परिवारहरुका लागि बेमौसमी कृषि उत्पादन सम्बन्धी स्थलगत तालिम र ढुङ्गेगढी प्रहरी चौकीमा श्रीखण्ड जातको विरुवाको वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको हो ।

विविध  कार्यक्रमहरु सम्बन्धीत निकायको सहकार्य तथा प्राविधिक सहयोगमा सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्वर थापाले बताउनु भयो ।
थापा प्युठान जिल्लामा आएदेखि जनतालाई शान्ती सुरक्षासँगै विभिन्न सामाजिक कार्यहरुमा जनतालाई सचेतना जगाउदै अन्यायमा परेकाहरुलाई न्याय दिलाउने सम्बन्धी जिल्लाका विभिन्न स्थानमा नागरिक सुनुवाई कार्यक्रम , गाउँगाउँमा सरकारी वकिल कार्यक्रम लगाएतका गतिविधिमा उल्लेखनीय भूमिका निभाउदै आउनु भएको छ  ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।