बिजुवारकाे कालिका मन्दिरलाई निशुल्क जग्गा प्रदान

प्यूठान नगरपालिका–४  बिजुवारमा रहेकाे स्थित कालिका मन्दिरलाई स्थानीय श्रीप्रसाद प्रधानको परिवारले निःशुल्क जग्गा प्रदान गरेका छन।
४९.६८ वर्गमिटर जग्गा प्रधान परिवारले बिजुवार स्थित कालिका मन्दिर व्यवस्थापन तथा सु–व्यवस्थापन समाजलाई निःशुल्क दान दिएको हो ।
साथै सोही अवसरमा श्रीप्रसाद प्रधानको स्वर्गीय बुवा भगवती प्रसाद प्रधान र स्वर्गीय आमा ओतीलक्ष्मी प्रधानको स्मरणमा प्रतिमा अनावरण गरिएको छ । कालिका मन्दिर परिसरमा रहेको प्रतिमा प्रधान परिवारका सदस्यले संयुक्त रुपमा अनावरण गरिएका हुन।


उक्त अवसरमा ॐ शान्तिको भवन निर्माणका लागि ५० हजार रुपियाँ र साईराम परिवारलाई १० हजार सहयोग समेत  हस्तान्तरण गरिएको छ । श्रीप्रसाद प्रधान नेपाल औषधी व्यवसायी संघ प्यूठानका संस्थापक महासचिव समेत हुनुहुन्छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।