मटिहानीमा भीषण आगो लाग्दा सय बढी घर जले
महोत्तरीको मटिहानीमा भीषण आगलागी हुँदा सय बढी घर जलेका छन्। मटिहानी नगरपालिका-६ मा पर्ने जरलहवा बस्तीमा बुधबार विहानैदेखि आगलगी हुँदा सय बढी घरहरू जलेको हो।
बस्तीमा रहेका प्रायः घरधुरीमा रहेको अन्न, लुगाफाटा आगलगीमा जलेर नष्ट भएको मण्डलले बताए।
अहिले घटना स्थलमा पुगेर स्थानीयको साथै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीहरूको व्यापक उपस्थितिमा आगोलागी नियन्त्रण गर्ने प्रयास जारी छ।
अन्नपूर्ण पोष्टबाट साभार