रुचि क्षमता अनुसारकाे बिषय पढ्ने बिथार्थी सधै सफल हुन्छन : डिभिजन प्रमुख पुन्यप्रसाद न्याैपाने

 बैशाख १३ प्युठान

संघर्ष मिडिया ब्युराे

   प्युठानमा    किशाेर किशोरीहरुमाथि हुने शारीरिक तथा याैनजन्य दुर्ब्यवहार बिरुद्व सचेतना मुलक अभियान कार्यक्रम सामाजिक बिकास डिभिजन कार्यलय प्युठानकाे आयाेजनामा  आज प्युठान नगरपालिका एक खैरा स्थित श्री भुवनेश्वरी माध्यमिक बिधालयमा सम्पन्न भएकाे छ।


सामाजिक बिकास डिभिजन कार्यलय प्युठानका प्रमुख पुन्यप्रसाद न्याैपानेले हरेक बिषयबस्तुमा बिधार्थीले आफ्नाे रुचि र क्षमता अनुसार बिषय लिएर पढ्ने र  दृढ भएर लाग्ने भने हरेक कुरामा सफलता पाउन सक्ने शम्भब रहेकाे बिधार्थिहरुलाई जानकारी गराउदै कार्यक्रमकाे बिषयबस्तुमाथि प्रकाश पार्नु भएकाे थियाे।
बिधार्थीहरुले अध्ययन गर्न पारिवारिक बाताबरण  घरकाे रहनसहन मायाममता ,शैक्षिकमैत्रि कक्षाकाेठा, सुरक्षित बिधालय भएमा बिधार्थीकाे ईच्छा अनुसारकाे पठनपाठन हुन सक्ने  बारे कक्षा नाै दस र एघार का एक सय बीस जना बिधार्थिलाई  प्रशिक्षण दिनुभएकाे थियाे।


साथै न्याैपानेले बालबालिकाहरुमा घट्दै आएका विभिन्न बाल शाेषण,बाल दुर्ब्यबाहार ,बाल याैन शाेषण लगाएतका गलत क्रियाकलापबाट कसरी बच्ने ,कसरी सुरक्षित रहन सकिन्छ यदि घटना घट्याे भने संबधीत निकायलाई खबर कसरी गर्ने बालविवाह बाट कसरी आफू बच्ने र अरुलाई पनि सचेतना गराउने भन्नेबारे बिधार्थीहरुलाई प्रस्ट पार्नु भएकाे थियाे।


कार्यक्रममा ईलाका प्रहरी कार्यलय बिजुवारका प्रमुख चन्द्र प्रसाद अधिकारीले बालबालिकाहरुमा हुने हरक घटनाहरु प्रहरीलाई खबर गर्ने माध्यम र बालबिबाह न्युनिकरण संबधि सचेतना गराउनु भएकाे थियाे
बिधालयका  प्र.अ. मुक्ति प्रसाद पाेख्रेलले सामाजिक बिकास डिभिजन कार्यलय प्युठानले  गरेका सचेतनामसलक कार्यक्रमले बिधार्थीकाे मनाेबैज्ञानिक साेचकाे बिकास भई  पढाईमा लगाव बढ्ने र गलत क्रियाकलाप देखि बिधार्थी टाढा रहने बताउदै डिभिजनलाई धन्यवाद दिनु भयाे।
कक्षा ११ मा अध्ययनरत १५ बर्षिय रमेस राना मगरले कार्यक्रमबाट धेरै पाठ सिक्ने अबसर  पाएकाे बताए साथिहरुकाे लहलहैमा नकारात्मक काममा नलाग्ने र सिकेका सन्देस अरु बिधार्थीलाई  बाड्ने बताए।बि ब्य स जेष्ठ सदस्य गाेबिन्द बहादुर बस्नेतले कार्यक्रमकाे अध्यक्षता गर्नु भएकाे थियाे

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।