डेढ किलो बढी सुन र झन्डै डेढ करोड रुपैयाँसहित ७ जना कारोबारी पक्राउ

 

प्रहरीले ७ जना अवैध सुन कारोबारीलाई पक्राउ गरेको छ। डेढ किलो बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाका गणेश दत्त बडु, दार्चुलाकै आयुष बडु, झापाका दिनेश खरेल, झापाकै भरतराज खरेल र भारतीय नागरिकहरू अमोल विभुते, ऋषिकेश प्रकाश विभुते र गणेश सतिश बाल्टे रहेका छन्।

काठमाडौंको वडा-२४ मा अवैध सुनको कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार उनीहरूको साथबाट १ किलो ७६८.२९ ग्राम सुन र एक करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरिएको छ।

पक्राउ परेका ७ जनालाई राजस्व छलिसमेतको कसुरमा कारबाही गर्न राजस्व अनुसन्धान विभाग पठाइएको प्रवक्ता रेग्मीले बताए।

अन्नपूर्ण पोष्टबाट साभार

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।