आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम झिमरुकमा सम्पन्न
आगलागी सम्बन्धी सचेतनामूलक कार्यक्रम झिमरुकमा सम्पन्न
संघर्ष मिडिया ब्युराे
बैशाख १५ झिमरुक
समुदाय-प्रहरी साझेदारी अन्तरगत आगलागी सम्बन्धी सचेतना कार्यक्रम प्युठानकाे झिमरुक गाउँपालिका वडा नं.५ मच्छिबजार स्थित जलजला होटलको सभा हलमा स्थानिय वन महासंघ झिमरुक गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको सहकार्यमा, स्थानिय वन महासंघ झिमरुक गाउँपालिकाका अध्यक्ष मान बहादुर जि.सी.को अध्यक्षतामा लुम्बिनी प्रदेश वन महासंघका प्रदेश सदस्य दामोदर शर्मा ज्यूको प्रमुख आतिथ्यमा, जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्र.ना.उ. इश्वर थापा, डिभिजन वन कार्यलयका कर्मचारी लगाएत अं.७० जनाको उपस्थितिमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले पछिल्लो समयमा डढेलो, आगलागीका कारण वन क्षेत्र, घर, गोठ र चौपाय, समेत क्षेती हुन पुगेकोमा आगामी दिनमा यस्ता घट्नाहरु नियन्त्रणको लागी आवश्यक सामाग्रिको व्यवस्थापन र आगलागीमा संलग्न व्यक्ती पहिचान गरी कानून बमोजिम कारबाहिका लागी स्थानीय नागरिक र वन समूहको महत्वपुर्ण भूमिका रहेको धारणा राख्दै उक्त आगलागी सम्बन्धी सचेतनामुलक कार्यक्रम समापन गरिएको हाे ।