‘रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन समिति बनाउनुपर्छ’

 

राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति बनाउन माग गरेका छन्। शुक्रबार सुरू भएको बजेट अधिवेशनमा बोल्दै नेपाली कांग्रेस सांसद सिटौलाले छानबिन समिति बनाउन सरकारसँग माग गरेका हुन्।

उनले छानबिन समिति बनाउन सरकारले किन खुट्टा कमाएको ? भन्दै प्रश्न समेत गरे। सांसद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ने  लामिछानेको बचाउमा लागेको आरोप लगाए।

लामिछानेले सहकारीको रकम हिनामिना गरेका छैनन् भनेर प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताउँदै उनले छानबिन समिति बनाएर लामिछानेमाथि अनुसन्धान हुनुपर्नेमा  जोड दिए। कांग्रेसले गृहमन्त्रीको राजीनामा नमागेको भन्दै उनले यस विषयमा प्रष्टमात्रै हुन खोजेको बताए।

‘रवि लामिछानेमाथि अनुसन्धान गर्न छानबिन समिति बनाउन सरकार किन खुट्टा दबाएर उभिएको छ। मैले बुझेको छैन। सरकारले जनतालाई कन्भिन्स गर्न सक्छ भन्ने मलाई लाग्दैन। प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन। महान्यायाधिवक्ताले क्लिन चिट दिएर हुँदैन। अनुसन्धान गर्ने एउटा प्रहरीले निकायले गृहमन्त्रीको संलग्नता छ भनेर अनुसन्धान गर्न अदालतमा मुद्दा लेखिसक्यो । गृहमन्त्रीमाथि मुद्दा चलाउन नसकेको मात्रै देखिन्छ। गृहमन्त्री भएका नाताले प्रहरीले कसरी मुद्दा चलाउन सक्छ भन्ने लाग्यो होला ?, ‘उनले भने,’रवि लामिछाने सहकारी ठगीमा संलग्न छैन भनेर त पुष्टि गर्नुपर्‍यो नि। यसमा छानबिन समिति नबनाउने हो भने सरकार द्वन्द्व रोज्दैछ। यो बाटोमा सरकारले चाहेर हो या नचाहेर धकेलिदैछ। हामीले हेर्नुपर्छ। ‘

अन्नपूर्ण पोष्टबाट साभार

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।