सडक ओगटेर बनाईएका बाग्दुलाका संरचना हटाईने।

२०८२ जेठ ७ प्युठान

प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाबाया तिर सडकको भाग मिचेर बनाइएका अस्थायी घर टहराहरु हटाइने भएको छ ।
व्यबसायीक रुपमा संचालन हुदैँ आएका अस्थायी घर टहरा हटाउनका लागि प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगि र उपप्रमुख देवेन्द्र वर्माको संमन्वयमा उक्त घर टहरा हटाउनका लागि व्यापारीहरुलाई आज आव्हान गरिएको छ ।
अस्थायी रुपमा बनेका घर तथा टहरा हटाउनका लागि नगरपालिकाले ३ महिना अगाडी नै सुचना प्रकाशित गरेको थियो तर सुचनाको अवज्ञा गर्दै अस्थायी संरचना निर्माण गरी व्यवसाय संचालन गर्दै आइरहेको हुदा उक्त घर टहराहरु हटाउनको लागि जेठ ०८ गते बिहान १०ः०० बजेसम्म ब्यापारीहरुलाई सामाग्री सार्न थप समय उपलब्ध गराइएको नगरउपप्रमुख देवेन्द्र वर्माले व्यवसायीहरुलाई जानकारी दिनुभएको छ ।


यदि सुचनाको अवज्ञा गरी, अटेरी गरेमा नगरपालिकाको जेसिबी लगाएर हटाइने नगरप्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।