बाग्दुलामा सडक ओगटेर बनाईएका संरचना हटाईयाे

२०८१ जेठ ८ गते
प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाँबायाँ तिर सडकको भाग मिचेर ब्यावसाय संचालन गर्नका लागि अस्थाइ रुपमा निर्माण गरीएका घर टहराहरु आज प्युठान नगरपालिकाले हटाएको छ ।
नगरपालिकाले ३ महिना अगाडी नै उक्त अस्थाइ संरचना हटाउनका लागि सुचना प्रकाशित गरेको थियो तर व्यापारीहरुले सुचना व्यवस्ता गरेकाले उक्त संरचना हटाउनको लागि आज दिन भर प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु बहादुर योगी र नगर उपप्रमुख देवेन्द्र वर्मा फिल्डमै खटेर सडक अवरुद्ध गराएका संरचनाहरु हटाउनु भएको छ ।
सडकको दायाबाया फलफुल तथा तरकारी ब्यवसाय संचालन गर्दै आएका ब्यवसायीहरुले ब्यवसायीक पिडा मनमै राखेर स्वत स्र्फुत रुपमा नगरपालिकालाई सहयोग गर्दै आफ्ना अस्थाइ टहरा र सामाग्रीहरु हटाएका छन् ।
प्युठान नगरपालिका भित्र सडकको मापदण्ड बिपरीत बनाइएका संरचना र सार्वजनिक जग्गा ओगटेर बनाइएका सडक दायाबायाका संरचना हटाउनको लागि आमनगरबासीहरुलाई सुचना प्रवाह गरेको र सुचनाको अवेज्ञा गरेमा नगरपालिकाले नै भत्काएर सहजता ल्याउने नगरप्रमुख विष्णु बहादुर योगीले बताउनु भएको छ ।

 

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।