आगलागी बाट घरबार बिहिन परिबार लाई मलम बनेर आए केशव


माधव खनाल
१३ जेष्ठ अर्घाखाँची
अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ निवासी एवं हाल दाङ जिल्ला लमहीमा ब्यापार ब्यबसाय गर्दै आउनुभएका केशव खनालले २०८१ बैशाख महिनामा आगोलागी बाट घरबार बिहिन भएका भुमिकास्थान नगरपालिका वार्ड न १ र ३ ढाकावाङ्ग धारापानीका अग्नि पिडितलाइ आफ्नो १४ वर्षीय बालक छोरा सुबम खनालले कृकेट खेल खेलेर जितेको पुरस्कर ,पैसा बाट ढाकावाङ्ग धारापानीका अग्नि पीडित घरपरिवार मध्ये अति बिपन्न १३ घरपरिवार लाई राहत स्वरुप १३ थान ग्यास चुलो बितरण गर्नुभएको छ ।


राहत बितरण कार्यक्रममा बोल्दै खनालले भने यतिबेला मानव सृजित प्राकृतिक बिपत्तिको कारण आफू र आफ्नो जन्मस्थान अत्यन्तै दुखित भएको र त्यही दुखेको घाउमा मलम पुगोस भन्ने उदेश्यले आफुले आफ्नो बालक छोरा सुबम खनालले कृकेट खेलबाट विभिन्न बिदामा उत्कृष्ट भएको पुरस्कार स्वरुपको नगद बाट यी राहत सामाग्री बितरण गरेको बताउनुभयो ।
राहत बितरण कार्यक्रममा भुमिकास्थान नगरपालिका वार्ड न १ का अध्यक्ष गोपालप्रसाद खनाल र वार्ड न ३ का अध्यक्ष कृष्णप्रसाद बन्जाडे ले बालक सुवम खनालको उज्वल भविस्यको कामना गर्दै केसव खनाल लगायत उहाँको परिबार लाई धन्यवाद दिनुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।