काठमाडौबाट प्युठान आउदै गरेकाे बस दुर्घटना एक जनाकाे मृत्युु

मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै आज  राती काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बस बिपरित दिसाबाट आउदै गरेको मलावहाक ट्रकसँग एक आपसमा ठोक्किदा बसमा सबार  यात्रुहरू घाइते भएको स्वर्गद्वारीगाैमुखि  यातायात सेवा प्रा लिका प्रबन्धक   चन्द्रमान श्रेष्ठले जानकारी दिनुभएको छ । दुर्घटनामा परि घाइते यात्रुको चितवन मेडिकल कलेज( नया )मा उपचार भैरहेको जनाइएको छ ।

दुर्घटनामा एक जनाको भने मृत्यु भैसकेको जानकारी प्राप्त भएको चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो । घाइतेको एकिन नभैसकेको श्रेष्ठले जानकारी दिनुभयो । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटना बारे थप विवरण आउन बाकी छ । अहिले घटना स्थल प्रहरी पुगेको बताइएको छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।