मान्डवी पुर्ण संस्थागत प्रसुति सेवा युक्त गाउपालिका घोषणा

संघर्ष मिडिया ब्युराे

 

प्यूठानको माण्डवी गाउँपालिका जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त ( नो होम डेलिभरी ) गाउँपालिका घोषणा भएको छ ।

शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले गाउँपालिकालाई पूर्ण संस्थागत प्रसुति सेवायुक्त (नो होम डेलिभरी) स्थानीय तह घोषणा गरेको छ ।

 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्डका आधारमा गाउँपालिकालाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो । मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिला कम्तीमा ९० प्रतिशत, दक्ष प्रसूतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसूति शुन्य र मापदण्ड अनुसार तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले घोषणाका लागी स्वीकृति दिने व्यवस्था रहेको छ ।

सूचक पूरा गरेपछि जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त गाउँपालिका घोषणा भएको हो ।

घोषणा सभामा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्र कुमार पुन मगरले घोषणापछि नवजात शिशु र आमाको स्वास्थ्यमा सुधार ल्याउने बताउनुभयो । प्रसुतिको समयमा आमाको मृत्यु भएपछि जिन्दगीभर आमा देख्न नपाउनेको पीडा हामीले अनुभव गर्न नसकिने भन्दै त्यस्तो कुनै पनि नागरिकले भोग्न नपर्ने गरी स्वास्थ्यको पहुँच बढाउन पालिकाले जोड दिनपर्ने बताउनुभयो ।
पालिकाले स्वास्थ्यसँगै शिक्षा तथा सरसफाइका क्षेत्रमा नमुना काम गर्ने कार्यक्रमका अध्यक्ष तथा माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीले बताउनुभयो ।
गाउँपालिकाको उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको स्वागत एवम स्वास्थ्य शाखा प्रमुख ध्रुव कुमार पोख्रेलको सन्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य तुल्सीराम शर्मा, जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जीसी, जिल्ला स्थित गाउँपालिका/नगरपालिकाका प्रमुख/अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख,माण्डवी गाउँपालिका गाउँसभा सदस्यहरु,गाउँपालिका स्थित सरकारी कार्यालय तथा संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कर्मचारी, विद्यालयका प्रधानाध्यापकहरु, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी लगायत अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
सो क्रममा गाउँपालिकाले घोषणका लागी सहयोग गर्ने महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, स्वास्थ्य शाखाका कर्मचारी सहित सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई सम्मान गरेको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।