नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे चाैथाे अधिबेशन सम्पन।

फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे चाैथाे अधिबेशन सम्पन।


संघर्ष मिडिया ब्युराे।
नेपाल फलफुल तथा तरकारी ब्यवसायि महासंघकाे केन्द्रीय अधिबेशन बाट केन्द्रीय सहसचिबमा प्यूठानका सुर्य भन्डारी र सदस्यमा पदम बहादुर थापा निर्बाचित हुनुभएकाे छ।


चितवनकाे मलेवामा यहि जेठ २६ गते सम्पन्न साताै साधारण सभा तथा चाैथाे केन्द्रीय अधिबेशन बाट अध्यक्षमा काठमाडौंका भरत प्रसाद खतिवडा सहित संघकाे बिधान अनुसार २१ जना कार्यसमिति मध्ये प्युठानबाट सहसचिव पदमा भन्डारी र सदस्यमा थापा निर्बिराेध निर्बाचित हुनुभएकाे हाे ।
यस अघि केन्द्रीय सदस्य रहेका भन्डारी फलफुल तथा तरकारी ब्यबसायि संघ प्यूठानका पुर्ब संथापक अध्यक्ष हुनुहुन्थ्यो भने थापा बर्तमान कार्य समितिका अध्यक्ष हुनुहुन्छ ।अहिलेसम्म २६ जिल्लामा गठन भएकाे फलफुल तथा तरकारी ब्यबसायि संघ आगमि अधिबेशन सम्म देशका ७७ ओटै जिल्लामा बिस्तार गर्ने हेतुले सातै प्रदेशका लागि संयाेजक ताेकिएकाे नबनिर्बाचित केन्द्रीय सदस्य थापाले बताउनु भयाे।


संथाले आफ्ना ब्यबसायिकाे हक हितका बिषयमा वकालत गर्दै आम नागरिकलाई सफा ताजा फलफुल तथा तरकारी उपलब्ध गराउदै सामाजिक क्षेत्रमा समेत कार्य गर्ने सह- सचिब भन्डारीले बताउनु भयाे।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।