प्यूठानका नाै वटै पालिकाकाे बजेट सार्वजनिक

असार १० प्यूठान ।
सरुमारानी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १५९ बुँदे नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको छ। अध्यक्ष झगबहादुर विश्वकर्माले प्रस्तुत गरेको कार्यक्रममा कृषि आधुनिकीकरण, रैथाने बाली प्रवर्द्धन, सरसफाइ, दिगो पूर्वाधार, सडक स्तरोन्नति, स्वच्छ ऊर्जा विस्तार, छोरी पेवा बचत, अपाङ्ग तथा अनाथ बालबालिका सहयोग र वैदेशिक रोजगारीबाट फर्केकाको सीप तथा पुँजीको उपयोगलाई प्राथमिकता दिइएको छ।
माण्डवी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८३÷०८४ का लागी ४४ करोड रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले आगामी आर्थिक बर्षका लागी ४४ करोड ५१ लाख ४० हजार १३० रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभएको हो । कृषि र रोजगारी सृजनामा जोड दिएको बजेटले कृषिलाई ब्यवसायीक बनाउने लक्ष राखेको छ ।

ऐरावती गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा “एक घर, एक सफा खानेपानी धारा” कार्यक्रमलाई प्राथमिकता दिएको छ। साथै पानी परीक्षण प्रयोगशाला स्थापना, “एक वडा, एक घरेलु उद्योग” कार्यक्रम, कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य, दिगो पूर्वाधार, वातावरण संरक्षण, सुशासन र सामाजिक समावेशीकरणलाई प्राथमिकतामा राखिएको ११ बुँदे नीति तथा कार्यक्रम गाउँसभाको २०औँ अधिवेशनमा प्रस्तुत गरिएको छ।

नौबहिनी गाउँपालिकाले आगामी चार वर्षभित्र बालविवाह शून्यमा झार्ने लक्ष्यसहित आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। पर्यटन प्रवर्द्धनका लागि नौबहिनी मिडिया सम्मेलन आयोजना गर्ने, पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिने तथा ५६ करोड ७९ लाख ३१ हजार ८ सय रुपैयाँको बजेट प्रस्तुत गरिएको छ। नीति तथा कार्यक्रम गाउँसभाबाट सर्वसम्मत पारित भएको छ।

मल्लरानी गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैयाँको बजेट प्रस्तुत गरेको छ। पाँचवटै वडालाई २७ लाख रुपैयाँका दरले बजेट विनियोजन गरिएको छ भने ‘मिसन रोजगारी’ अभियानअन्तर्गत कृषक अनुदान तथा उद्यमशीलता प्रवर्द्धनका लागि ९ लाख ७० हजार रुपैयाँ छुट्याइएको छ। साथै करार कर्मचारी, शिक्षक, विद्यालय कर्मचारी र विद्यालय सहयोगीको तलब १० प्रतिशतले वृद्धि गरिएको छ।

स्वर्गद्धारी नगरपालिकाले पनि आगामी आवका लागी ७२ करोड ४७ लाख रुपैया बराबरको बजेट ल्याएको छ । नगरपालिकाका उपप्रमुख मिनराज रानाले आगामी आ.व. २०८३/०८४ का लागी ७२ करोड, ४७ लाख ९९ हजार रुपैया बराबरको बजेट नगरशभामा प्रस्तत गर्नुभयो । प्रस्तुत बजेट तर्फ ४८ करोड २४ लाख ४९ हजार चालु खर्च र २४ करोड २३ लाख ५० हजार पुजिगत तर्फ बिनियोजन गरिएको छ ।

गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष महाबिर रानाले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागी ६४ करोड ४ लाख ७२ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

झिमरुक गाउँपालिकाले आगामी आर्थिक बर्षका लागी ६२ करोड, बढिको बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले आगामी आ.व. २०८३/०८४ का लागी ६२ करोड १७ लाख ३१ हजार ५ सय रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

प्यूठान नगरपालिकाले आगामी आर्थिक बर्ष २०८३र०८४ का लागी करिव ९० करोड रुपैया बराबरको बजेट ल्याएको छ । उपप्रमुख देबेन्द्र बर्माले आगामी आर्थिक बर्ष २०८३र०८४ का लागी ८९ करोड, ८८ लाख १० हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नुभयो ।

सम्बन्धित

टिप्पणीहरू बन्द छन्।