प्यूठानमा ४ अर्ब ८८ करोड ८९ लाख रुपैयाँ बजेट विनियोजन

पूर्वाधार, कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि बजेट घोषणा

प्यूठान, असार — जिल्लाका ७ गाउँपालिका र २ नगरपालिकासहित ९ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन्। स्थानीय तहहरूले एकैदिन कुल ४ अर्ब ८८ करोड ८९ लाख ७४ हजार १३९ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन्।
जिल्लामध्ये सबैभन्दा बढी बजेट प्यूठान नगरपालिका ले ल्याएको छ। नगरपालिकाले पूर्वाधार विकास, कृषि प्रवर्द्धन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै ८९ करोड ८८ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
त्यसैगरी स्वर्गद्वारी नगरपालिका ले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिँदै ७२ करोड ४७ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ।
अन्य स्थानीय तहहरूको बजेट यसप्रकार रहेको छः
गौमुखी गाउँपालिका – ६४ करोड ४ लाख ७२ हजार रुपैयाँ
झिमरुक गाउँपालिका – ६२ करोड १७ लाख ३१ हजार ५०० रुपैयाँ
नौबहिनी गाउँपालिका – ५६ करोड ७९ लाख ३१ हजार ८०० रुपैयाँ
ऐरावती गाउँपालिका – ५२ करोड ९२ लाख ८० हजार रुपैयाँ
सरुमारानी गाउँपालिका – ४६ करोड ९० लाख रुपैयाँ
माण्डवी गाउँपालिका – ४४ करोड ५१ लाख ४ हजार १३० रुपैयाँ
मल्लरानी गाउँपालिका – ४१ करोड ३९ लाख ९ हजार ७०९ रुपैयाँ
स्थानीय तहहरूले कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन तथा रोजगारमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेका छन्। आगामी आर्थिक वर्षमा विकास निर्माणका कार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।