सरकारी दररेट जग्गा उपलब्ध गराउने शाहलाई नगरपालिका द्वारा सम्मान
असार २३ प्यूठान।
प्यूठानको प्यूठान नगरपालिका ४ कार्किडाडाकि ६७ बर्षिय सरस्वती शाहले जिल्लाकाे गणतान्त्रििक खेलमैदान बिजुवारलााई सरकारी दररेटमा जग्गा उपलब्ध गराउनु भएकाे छ।
खेलमैदानकाे बिच भागमा रहेकाे शाहकाे कुल ७०९.४५ वर्ग मिटर ( १ रोपनी, ६ आना, १ पैसा, ०.५६ दाम) जग्गा खेलकुद मैदानका लागि उपलब्ध गराउनु भएकाे हाे।
उहालाई मालपाेत कार्यलय प्यूठानको न्यूनतम दररेट अनुसार प्यूठान नगरपालिकाले तिन लाख अठ्चालिस हजार छ सय त्रिचालीस रुपैया भुक्तानी गरेकाे छ।

शाहले आजै उक्त जग्गा जिल्ला मालपोत कार्यलय मार्फत प्यूठान नगरपालिकाकाे नाममा पास गरेर दिनु भएकाे छ।
शाहलाई एक कार्यक्रमका बिच सम्मान गर्दै नगर प्रमुख बिष्णु याेगि नगर प्रवक्ता सुमन श्रेष्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद भुसाल लेखा अधिकृत बसन्त गिरीले तिन लाख अठ्चालिस हजार छ सय त्रिचालीस रुपैयाकाे चेक हस्तान्तरण गर्दै धन्यवाद ब्यक्त गर्नु भएकाे छ।
बिजुवारमा रहेकाे गणताान्त्रित्रिक खेलमैदान प्यूठान जिल्लाकै सबैभन्दा ठुलाे खेलमैदान हाे ।