मान्डबिमा लक्ष्यित बर्ग संग उपाध्यक्ष कार्यक्रम ल्याईदै

निर्मला मगर

माघ १५ प्युठान
प्यूठानको माण्डवी गाउँपालिकाले लक्षित बर्गसगँ उपाध्यक्ष कार्यक्रम संचालनमा ल्याएको छ । पालिकाले अपांगता भएकाहरु र एकल महिलाहरुकालाई सहज तरिकाले  जिबनयापनमा सहयोग पुराउने लक्ष्यका साथ कार्यक्रम ल्याईएकाे माण्डवी गाउँपालिकाका उपाध्यक्ष पुर्णप्रसाद कालाथोकीले बताउनुभयाे।

पालिका भित्र रहेका एकल महिला र शारीरिक अपांगता भएका ब्यक्तिलाई दैनिकी जीबनयापन  सञ्चालनमा सहज हुने गरि उनीहरुलाई सहयोग गर्न गाउँपालिका स्तरीय अपांग संजालको बैठकबाट यो कार्यक्रम सुरु गर्ने तय भएको उपाध्यक्ष कालाथोकीले बताउनु भयाे। यसै बर्षदेखि क र ख बर्गका अपांगता भएका र एकल महिलाहरुका लागी अपांगमैत्री शौचालय निर्माण र लक्ष्यित बर्गकाे निशुल्क  स्वास्थय परिक्षण गरीने कालाथाेकिले बताउनु भयाे।


कार्यक्रम सञ्चालन भएपछि माण्डवी गाउँपालिकाका क र ख बर्गका करिब ११३ जना अपांगता भएका ब्यक्ति र एकल महिलाले लाभ लिने छन् । साथै यस कार्यक्रमबाट उद्यमशील बन्न चाहानेलाई उद्यमशील बनाउने तथा आबश्यक अनुदानको ब्यबस्था गरेको माण्डवी गाउँपालिकाका उपाध्यक्ष कालाथोकीले बताउनु भयाे । ‘उद्यमशील बन्नेहरुलाई शतप्रतिशतसम्म अनुदान दिएर स्वरोजगार पनि बनाउछौँ त्यसका लागी आबश्यक बजेट पनि ब्यबस्था गरेका छौँ’ यसले गर्दा स्वरोजगार बन्न सहयोग पुग्नेछ । कालाथाेकिले भन्नू भयाे कार्यक्रमले अपांगता भएका मात्र नभई एकल महिलालाई पनि उद्यमशील बनाउने गरी कार्यक्रम अगाडी बढाउने तयारी थालेका छाै  ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।