मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग
प्युठानकाे झिमरुक गाउपालिका पाच मच्छिमा ईलाका प्रशासन खाेल्न गृहमन्त्री संग माग गरिएकाे छ।
प्युठान बाट प्रतिनिधि सभा सदस्य सूर्य थापा र झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले आज नेपाल सरकार का गृहमन्त्री रबि लामिछाने संग ईलाका प्रशासन मागका लागि महत्वपुर्ण भेटघाट गर्नुभएको ।
भेटमा झिमरुक गाउँपालिकाको मच्छिमा मालपोत ,नापी कार्यालय सहितको इलाका प्रसासन कार्यालय स्थापना गर्ने सन्दर्भमा गृहमन्त्री सँग बृहत छलफल गर्नुभयको छ ।आजको छलफल सँगै अध्यक्षले पेस गर्नुभयको माग निवेदन बुझ्दै गृहमन्त्री लामिछानेले मच्छिमा इलाका प्रसासन कार्यालय स्थापना को कार्य अगाडी बढाउने आश्वासन दिएकाे अध्यक्ष काे सचिवालयले जानकारी दिएकाे छ।