प्रहरी पुनर्मिलन कार्यक्रम सम्पन्न


२०८१ जेठ ५ गते
प्युठान। जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, नेपाल पूर्व प्रहरी संगठन प्यूठानको सहकार्य तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको समन्वयमा प्यूठान नगरपालिका वडा नम्बर ०४ स्थित शहिद पार्क पुण्यखोलामा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवरको प्रमुख आतिथ्यतामा आज प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तरगत उत्कृष्ट कार्य गरी प्रहरीको शमिप उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यालय प्रमुखको रुपमा कदर स्वरुप नगद पुरस्कार सहित प्रशंसापत्र लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत ले प्युठानका प्रहरी नायव उपरिक्षक इश्वर थापालाई प्रदान गर्नुभएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायत, लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती निलम कडायत, नेपाल प्रहरी श्रीमती संघका सदस्यहरु, पूर्व प्रहरी संगठन प्यूठानका अध्यक्ष मोहन सिंह बिष्ट, प्रहरी निरीक्षकहरु, अमर अशक्त सहिद परिवारजनहरु र पूर्व नेपाल प्रहरी कर्मचारी लगाएतको विशेष उपस्थितीमा कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रमको अवसरमा प्यूठान जिल्ला मल्लरानी गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ९४ को सेवा निवृत पूर्व प्रहरी जवान भक्त बहादुर कार्की, प्यूठान नगरपालिका वडा नम्बर ९ बस्ने वर्ष ९२ को सेवा निवृत स्रोत प्रहरी सहायक निरीक्षक निम बहादुर के.सी., मल्लरानी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ७१ को पूर्ण बहादुर श्रेष्ठलाई नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवर ज्यु बाट ज्येष्ठ पूर्व सेवा निवृत पूर्व प्रहरीलाई लठ्ठी वितरण गरिएको थियो ।
उक्त कार्यक्रम प्रहरी निरीक्षक हुमानन्द खनालले संचालन गर्नु भएको थियो । भने कार्यक्रमको स्वागत मन्तव्य प्यूठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले दिनुभएको थियो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।