प्युठानमा कुन स्थानीय तहमा कति मत खस्याे?

बिमल प्रसाद पाेख्रेल, बैशाख ३० प्युठान सरुमारानी गाउँपालिकामा ७०.८५ प्रतिशत मत खसेको छ । आज भएको स्थानिय तह निर्वाचनका लागी सरुमारानीमा तिन हजार ५ सय ७७ पुरुष र ५ हजार ३ सय १७ महिला गरि कुल ८ हजार ९ सय ९४ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय सरुमारानी गाउँपालिकाले जानकारी दिएको छ ।

यता मल्लरानी गाउँपालिकामा पनि कुल मतदाताको ५९.७ प्रतिशत मत खसेको छ । कुल मतदाता मध्ये मल्लरानी गाउँपालिकामा ७ हजार ५ सय २९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत स्यामलाल घिमिरेले जानकारी दिनुभयो । मतदान गरेका कुल मतदाता मध्ये ४ हजार पाचसय ५६ महिला र दुइ हजार ९ सय ७३ पुरुषले मतदान गरेका हुन् । १२ हजार ६ सय १० मतदाता मल्लरानी गाउँपालिमा थिए ।

उता झिमरुक गाउँपालिकामा ६३.०५ प्रतिशतले मतदान गरेका छन् । कुल मतदाता मध्ये गाउँपालिकामा १२ हजार ८ सय २५ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय झिमरुक गाउँपालिकाले जानकारी दिएको छ । झिमरुक गाउँपालिकाको वडा नं १ मा २ हजार पाचसय ६८, वडा नम्वर दुइमा २ हजार १ सय १६, वडा नं ३ मा २२९१, वडा नं ४ मा २४४१,वडा नं ५ मा २११२,वडा नं ६ मा ३४७५,वडा नं ७ मा ३३४४ र वडा नं ८ मा १९९३ मत खसेको निर्वाचन अधिकृतको कार्यालय झिमरुक गाउँपालिकाले जानकारी दिएको छ ।

यस्तै ऐरावती गाउँपालिकामा आज भएको मतदानमा ९६६४ जनाले मतदान गरेका छन् । गाउँपालिकाकाका १७ वटा मतदान केन्द्र मार्फत मतदान भएको थियो । कुल १५ हजार ७१६ मतदाता रहेको ऐरावती गाउँपालिकामा ९ हजार ६६२ जनाले मात्रै मतदान गरेका हुन् । गाउँपालिकामा ५४९५ महिला र ४१६९ पुरुषले मतदान गरेको छन् ।

उता स्वर्गद्धारी नगरपालिकामा ६४.९ प्रतिशत मात्रै मत खसेको छ । जम्मा २१ हजार ५ सय ५२ मतदाता रहेको स्वर्गद्वारीमा १३ हजार ९ सय ८६ जनाले मतदान गरेको निर्वाचन अधिकृतको कार्यालय स्वर्गद्धारीले जानकारी दिएको छ । २१ हजार ५५२ मतदाता रहेको स्वर्गद्धारीमा ८ हजार ९ सय २४ महिला र ५ हजार ६२ जना पुरुषले मतदानमा सहभागी भएका छन् । कुल खसेको मत मध्ये ६३.८ प्रतिशत महिला र ३६.२ प्रतिशत पुरुषले मतदान गरेका छन् ।

यसैबिच नौबहिनी गाउँपालिकामा १३ हजार २६० मत खसेको निर्वाचन अधिकृतको कार्यालय नौबहिनी गाउँपालिकाले जानकारी दिएको छ । १९७२६ मतदाता रहेको नौबहिनी गाउँपालिकामा आज २१ वटा मतदान केन्द्र मार्फत मतदान भएको निर्वाचन अधिकृत रमेश गौतमले जानकारी दिनुभयो । गाउँपालिकाको वडा नं १ मा १६९६, वडा नं दुइमा १५३४, वडा नं ३ मा १२४८, वडा नं ४ मा १४३४, वडा नं ५मा २०९५, वडा नं ६मा २०९४,वडा न ७ मा १२६१ वडा नं ८ मा १९०५ मत खसेको निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

उता माण्डवी गाउँपालिकामा १० हजार ३७२ मतदाता मध्ये ७ हजार ३७८ मत खसेको छ । कुल मतदाताको ७१.१३ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय माण्डवी गाउँपालिकाका निर्वाचन अधिकृत कैलास खत्रिक्षेत्रीले जानकारी दिनुभयो ।

उता प्यूठान नगरपालिकामा १९ हजार २ सय ९ मत खसेको छ । कुल मतदाता मध्ये ११ हजार ५३३ महिला र ७ हजार ६७६ पुरुष गरि १९ हजार दुइसय ९ जनाले मतदान गरेको प्यूठान नगरपालिकाका निर्वाचन अधिकृत कुष्ण बहादुर ओलीले बताउनु भयो । अहिले नगरपालिकामा मत पेटिका शकंलनको काम भैरहेको छ ।

गौमुखी गाउँपालिकामा अहिले बिभिन्न स्थानमा रहेका मतदान केन्द्रबाट सुचना लिने काम भैरहेको निर्वाचन अधिकृतको कार्यालय गौमुखी गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकामा ११ हजार २० जनाले मतदान गरेको । गाउँपालिकामा महिला ६ हजार दुइसय ६ र पूरुष र पुरुष ४८१४ जनाले मतदान गरेको निर्वाचन अधिकृत ज्ञवालीले बताउनु भयो ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।