सरुमारानी वार्ड नं ६ मा एमालेको प्यानलै बिजयी
बैशाख ३१ प्युठान, प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।
विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।महिला सदस्यमा एमालेका यनुका राहुं, दलित महिला सदस्यमा यनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भएका छन ।उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरिरहेको छ।