मल्लरानि गाउँपालिका वार्ड नं १ मा गठबन्धन को प्यानलनै बिजयी

बैशाख ३१ प्युठान, मल्लरानी गाउँपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका चिन्त बहादुर राहुँ विजयी भएका छन् । उनले ४ सय १८ र प्रतिस्पर्धी एमालेका खुमानसिँह राहुँले ३ सय ५३ मत लिएका छन् । उनीहरुबीच ५३ मतको अन्तर भएको छ । वडा अध्यक्षमा विजयी राहुँ दोस्रो कार्यकालका लागि पूनः विजयी भएका हुन् । वडा सदस्यमा कमला शर्मा, कृष्णी कार्की, कमल पौडेल र शैलेन्द्र बुढाथोकी विजयी भएका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।