मदाने गाउँपालिका १ अग्लुङबाट काँग्रेसका युवा नेता चन्द निर्वाचित

चक्र चन्द गुल्मी,  स्थानिय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेकै बेला गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा न. १ मा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सुशील चन्द बिजयी भएका छन ।
चन्दले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार प्रेम चन्दलाई १७६ मतान्तरले पराजित गरेका हुन । कुल खसेको १३८३ मत मध्य सुशील चन्दले ७३१ मत प्राप्त गरेका थिए भने नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका प्रेम चन्दले ५५५ मत प्राप्त गरे । अध्यक्ष सङ्गै गठबन्धनबाट अग्लुङ्गमा प्यानलनै बिजयी भएको छ । महिला दलित सदस्यमा पुष्पा परिवार,महिला खुल्ला सदस्यमा विष्णा बस्नेत,पुरुष खुल्ला सदस्यमा भगत चन्द बोहरा र युवराज चन्द निर्वाचित भएका छन् । अग्लुङ्गमा नेपाली काँग्रेस ,राष्ट्रिय प्रजातन्त्र पार्टी,समाजबादी र नेकपा माओवादी केन्द्रले गठबन्धन गरेका थिए । मदाने गाउँपालिका प्रमुखमा काँग्रेसका महेन्द्र कुँवरले ६७३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी प्रेम के सि ले ५८१ मत प्राप्त गरेका छन् ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।