स्वर्गद्वारीमा गठबन्धनकै अग्रता कायम

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धननै अग्र स्थानमा देखिएको छ। वार्ड नं १ को तेस्रो चरणको मतगणना अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार टेक प्रसाद भण्डारिले २ सय ६० मत प्राप्त गरेका छन भने एमालेका राम प्रसाद श्रेष्ठले १ सय ८२ मत प्राप्त गरेका छन। त्यस्तै झइन्द्र खडका (हलो) ले १ मत पाएका छन भने गिरु भुषाल (पुतलि) ले १ मत पाएका छन।
उपमेयर पदका लागि गठबन्धनका मिनराज रानाले २ सय ३९ र एमाले गौरि बरापातेले १ सय ८८ मत प्राप्त गरेका छन। वार्ड नं १ को वार्ड अध्यक्ष पदका लागि गठबन्धनका मेघराज जि.सि ले २ सय ५३ मत पाएका छन भने एमालेका कुल बहादुर पुनले १ सय ८८ मत पाएका छन। भने सुनिल कुमार बि. क (हलो) ले १ मत पाएका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।