प्युठानमा गठबन्धनबाट विप्लव नेकपा नेता वडाअध्यक्षमा विजयी

बिमल प्रसाद पोख्रेल,                                             बैशाख ३१ प्युठान,                                          विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बाम बहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका वार्ड नं १ काे वडा अध्यक्षमा विजयी भएका छन् । स्थानीय तह निर्वाचन२०७९ काे निर्वाचनमा नेकपा, माओवादी केन्द्र, राजमाे र नेपाली काङ्ग्रेसको तर्फबाट बुढामगर विजयी भएका हुन् ।  वडा अध्यक्ष बुढामगरले ७७० मत लिएर विजयी भएको निर्वाचन अधिकृत कैलाश खत्री क्षेत्रीले जानकारी दिए । उनका प्रतिद्वन्दी एमालेका रिख बहादुर गाैतमले ६२८ मत लिएका छन् ।  माण्डवी गाउँपालिकामा एमाले बाहेकका राजमाे, नेकपा, माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले चुनावी गठबन्धन गरेर चुनावमा हाेमिएका थिए । नेकपाकाे तर्फबाट उम्मेदवारी दिएका नेताहरूले माओवादी केन्द्रकाे चुनाव चिन्हबाट लडेका थिए ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।