झिमरुक एक बाट एमालेका धुर्ब खनाल सहितकाे प्यानल बिजयी

बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका धुर्वराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन् । खनाल सहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन् ।

आइतवार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल गठवन्धनबाट उमेदवार बनेका राष्ट्रिय जनमोर्चाका राम बहादुर जिसीलाई ३ सय ९० मतले पछिपार्दै विजयी भएका हुन् । खनालले १ हजार ९ र जिसीले ६ सय १९ मत लिएका छन् । वडा सदस्यमा गिता सुनार, प्रतिमान पुन, यमुना घर्तीमगर र शंकर पोखरेल विजयी भएका छन् ।

यस वडामा यसअघि पनि एमालेको प्यानलै विजयी भएको थियो । झिमरुकमा हालसम्म १ वडाको मात्र अन्तिम नतिजा आएको छ । झिमरुक १ एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापाको गृह वडा भएकाले पनि यसलाई धेरैले उनको प्रतिष्ठासित समेत जोडेर हेरेका थिए । झिमरुकमा एमाले, माओवादीको बामगठवन्धन र कांग्रेस, राजमोको संयूक्त गठवन्धन छ ।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।