ऐरावति गाउँपालिका अध्यक्षमा नबिलबिक्रम शाह, उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ

स्मृति घर्ति मगर प्युठान, प्युठानमा ऐरावति गाउँपालिकाको मतगणना परिणाम सार्बजनिक भएको छ। ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले पराजित गरेका हुन।
कांग्रेसका शाहले ४ हजार ६ सय ६९ मत पाए भने माओवादीका बस्नेतले २ हजार ६ सय ५० मत पाएका छन। त्यस्तै नेकपा एमालेका श्याम बहादुर थापाले १ हजार ५ सय ८६ मत पाएका छन् । शाहले यस अघिको स्थानीय तहको निर्वाचनमा पनि नेपाली कांग्रेसकै तर्फबाट गाउँपालिका अध्यक्षमा बिजयी भइ ५ बर्षे कार्यकाल सफलतापुर्बक सम्हालीसकेका छन।
गाउँपालिका उपाध्यक्षमा भने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद श्रेष्ठ बिजयी भएका छन। श्रेष्ठले ४ हजार ६ सय ४७ मत लिदै बिजयी भएका हुन। स्वतन्त्र उम्मेदवार टिका बहादुर गुरुङले १ हजार ७ सय २१ मत पाए भने नेकपा एमालेका उम्मेदवार कमला कुमारी ज्ञवालीले १ हजार ५ सय ४७ मत पाएकि हुन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।