मल्लरानी गाउँपालिका अध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षमा रमेश श्रेष्ठ बिजयी
स्मृति घर्ती मगर प्युठान, प्युठान मल्लरानी गाउँपालिकाको अन्तिम मतगणना परिणाम पनि सार्बजनिक भएको छ। मल्लरानी गाउँपालिकामा अध्यक्षमा राष्ट्रिय जनमोर्चा र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको हो।
जिल्लाकै मुटु मानिने सदरमुकाम खलंगा अबस्थित मल्लरानी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाले जितको झन्डा फहराएको छ।पालिका अध्यक्षमा राष्ट्रिय जनमोर्चाका कृष्ण खड्का बिजयी भएका छन। त्यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसका रमेश श्रेष्ठ बिजयी भएका छन।