सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर बिश्वकर्मा, उपाध्यक्षमा बसन्ता खड्का

स्मृति घर्ति मगर प्युठान, जिल्लाको सरुमारानी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार बिजयी भएका छन। पालिका अध्यक्षमा नेकपा एमालेका झग बहादुर बिश्वकर्मा बिजयी भएका हुन। बिश्वकर्माले उनका निकटम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारलाई ८६ मत अन्तरले पराजित गराएका छन। बिश्वकर्माले ४ हजार २ सय ८० मत लिए भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका मुकुन्दराज शर्माले ४ हजार १ सय ९४ मत प्राप्त गरेका छन।  गाउँपालिका उपाध्यक्षमा पनि नेकपा एमालेकी बसन्ता खड्का बिजयी भएकि छिन। उनले ४ हजार ३ सय ९४ मत प्राप्त गरिन भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका गुप्त बहादुर रानाले ३ हजार ९ सय ४७ मत प्राप्त गरेका छन।

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।